देशब्यापी सडक आन्दोलन गर्ने कांग्रेसको घोषणा

Posted on: 17 Jul, 2018

साउन १, काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध देशब्यापी रुपमा सडक आन्दोलन गर्ने घोषणा गरेको छ ।

उसले केन्द्र तथा प्रदेश सरकारहरुले अधिनायकवादी चरित्र देखाएको भन्दै साउन १५ गते सबै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न पार्टीका सबै तहका समितिहरुलाई निर्देशन समेत दिएको छ ।

कांग्रेसले बिज्ञप्ति निकाल्दै संघीय सरकार र प्रदेश सरकारहरु लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट चलिरहेको आरोप लगाएका छन् ।

कांग्रेसले जिल्ला जिल्लामा हुने विरोध प्रदर्शनमा सहभागी हुन जिल्लाका भातृ तथा सुभेच्छुक संस्था, क्षेत्र, गाउँ र नगर इकाइलाई पनि निर्देशन जारी गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!