इन्टरनेटमा गरेको शुल्कवृद्दी विरूद्द नेविसंघले गर्यो प्रदर्शन

Posted on: 18 Jul, 2018

साउन २, काठमाण्डौ । सरकारले इन्टरनेटमा १३ प्रतिशत कर लगाएको भन्दै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ।


इन्टरनेटमा लगाइएको कर फिर्ता गर्न भन्दै नेविसंघले बुधबार नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अगाडि धर्नासमेत दिएका छन् ।

चुनाव प्रचारमा फ्री वाइफाइको नारा लिएर गाउँगाउँमा गएको कम्युनिस्टहरूको सरकारले थप शुल्क बढाएको भन्दै विद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।

इन्टरनेट सेवामा पनि सरकारले १३ प्रतिशत कर लगाएपछि सेवा प्रदायिक कम्पनीहरुले सेवा शुल्क बढाएका छन् । तर, सरकारले भने वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!