पोखरामा पक्राउ परेका विद्यार्थीहरुको रिहाइको माग गर्दै नेविसंघले गर्यो प्रदर्शन

Posted on: 20 Jul, 2018

साउन ४, काठमाण्डौ | पोखरामा पक्राउ परेका विद्यार्थीको तत्काल रिहाइको माग गर्दै कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले बिरोध प्रदर्शन गरेको छ |


प्रकाउ परेका विद्यार्थी रिहाइको माग गर्दै आज बिहान नेविसंघ एन आर कलेज र ग्रामीण कलेजका विद्यार्थीहरुले काठमाण्डौको नेपालटारमा नारा जुलुस गरेर चक्काजाम गरेका हुन् | 

उनीहरुले डा. गोबिन्द केसीको माग पुरा गर्न समेत दवाव दिएका छन् |

शुशान्त सिटौला र सन्तोष अधिकारीको नेतृत्वमा भएको प्रदर्शन कार्यक्रममा कृष्ण मिश्र, राजकुमार ढकाल, सन्तोष वाग्ले, याकुव घले, मातृकाप्रसाद उपाध्याय, बिक्रम अधिकारी, निरन्जन बजगाई लगाएतका बिद्यार्थी नेताहरु उपस्थिति भएका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!