नयावानेश्वरमा तरुण दल र प्रहरीबीच झडप, ३ दर्जनभन्दा बढी घाइते

Posted on: 21 Jul, 2018

साउन ५, काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

झडपमा तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीले हानेको ढुंगा लागेर केही प्रहरी पनि घाइते भएका छन् ।

शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोकमा रोकेपछि दोहोरो झडप भएको हो । 

निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो । झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयाँवानेश्वर वरपरको क्षेत्र तनाबग्रस्त बनेको हो ।

तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!