नेतृत्वले गोडा फाट सतर्क भन्दैमा महाधिवेशन हुदैन: विधार्थी नेता थापा

Posted on: 21 Jul, 2018

साउन ५, काठमाण्डौ | नेपाल बिद्यार्थी सघंका नेता निरन्जन थापाले नेपाल बिद्यार्थी सघंको बर्तमान नेतृत्वले अधिवेशन गराउने भनेर बिद्यार्थी माझ भ्रमको खेति गरेको आरोप लगाएका छन् ।

राजधानिमा नेबिसघंको बाह्रौं महाधिवेसनका निम्ति दवाव कार्यक्रममा बोल्दै बिद्यार्थी नेता थापाले नेबिसघंको बाह्रौं महाधिवेशन अध्यक्ष र महामन्त्रीको साउन २३ गते देखि अधिबेशन गर्ने भनी जारि दुई छुट्टाछुट्टै बिज्ञप्ती प्रति लक्षित गर्दै जम्मा १८ दिनमा कसरी अधिवेशन सम्भव छ भन्दै नेतृत्वको गैर जिम्मेवार पुर्ण कार्यशैलिले महाधिवेशन नहुने  भन्दै बिद्यार्थीलाई गोडाफाट भन्दा फाट्ने र सतर्क भन्दा सतर्क हुन्छ वा आदेश मान्छ भन्ने सोच गलत भएको टिप्पणी गरे | उनले बिज्ञप्ती तर्फ लक्षित गर्दै समयमा महाधिवेशन सम्भब नरहेको बताए। कार्यक्रममा बिद्यार्थी नेताहरु बलदेव तिमल्सिना,युवराज पाण्डे, गणेश सापकोटा, डुजाङ शेर्पा, बिपिन अधिकारी, निमा गिरि, पवन थापा, सन्ताेष गुरुङ, सुवास घिमिरे, सुदिप अधिकारी, कुमार दुलाल लगायत बिद्यार्थी नेताहरुले सम्बोधन गरेका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!