नेतृत्वको तँछाड मछाडले स्थानिय तहको वाणिज्य संघ गठन हुन सकेन

Posted on: 22 Jul, 2018

प्रेम सुनार । साउन–६, बुटवल।  गुल्मी उद्योग वाणिज्य संघले संघिय संरचना अनुसार स्थानीय तहको शाखा विस्तार सुरु गरेको छ । पहिलो पटक मुसिकोट नगरपालिकामा उसले शनिवार प्रथम भेला आयोजना गरेको थियो ।  भेलामा  विभिन्न राजनैतिक दलबाट नेतृत्वका लागि तँछाड मछाड गरेपछि तदर्थ समिति भने गठनको प्रयास असफल भएको छ ।


तत्कालिन एमालेबाट वामीका गोपीकृष्ण खरेल , रामबहादुर बोहरा , तत्कालिन माओवादी केन्द्रबाट आँचौरका युवराज खरेल ( राजु ) र नेपाली कांग्रेसबाट ज्ञानु सापकाटाले अध्यक्षको दावी  नछाडे पछि राती अवेर सम्मको प्रयास भएको थियो ।

गत १२ वर्ष देखि जिल्लाको पुरानो ब्यापारिक केन्द्र वामीटक्सारका व्यवसायीहरुले  वामी शाखाको रुपमा व्यवसायीहरुको हकहितका पक्षमा सक्रिय हुँदै आएकोमा अव स्थानिय, प्रदेश र संघिय संरचना अनुसार उद्योग वाणिज्य संघ गठन गर्न लागिएको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

मुसिकोट नगरपालिकाकी उपमेयर कमला शर्माद्धारा उद्घाटन भएको प्रथम भेलामा  संघका पुर्व अध्यक्ष अखिेलेश्वरप्रसाद पाण्डे,  वडाध्यक्ष प्रकाश काफ्ले लगायतका विभिन्नले राखेका थिए ।

वामी शाखाका अध्यक्ष सुदर्शन शाक्यको अध्यक्षतामा सम्पन्न प्रथम भेलामा उपाध्यक्ष गोपिकृष्ण खरेलको स्वागत मन्तव्य र सचिव महेश्वर घिमिरेको सञ्चालन रहेको थियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!