साउन ६, काठमाडौं । मेडिकल क्षेत्रमा सुधारको लागि पटक-पटक र लामो समयदेखि अनशनरत डा. गोविन्द केसीलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती लगाएत पदाधिकारीहरुले भेटेका छन् ।
आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती सहित पदाधिकारीहरुले अनशन स्थल टिचिङ अस्पतालमा पुगेरै उनको अनसनमा समर्थन जनाएको कुरा माओवादी केन्द्रका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । गत असार ३२ गतेको (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले पनि समर्थन प्रस्ताव पारित गरेको थियो ।
माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीद्वारा जारी बिज्ञप्तिमा डा. केसीले उठाएका जायज मागहरु तत्काल पुरा गर्न र डा. केसीको जीवनरक्षाका निम्ति जोडदार माग गरेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!