प्रदेश नं ७ को प्रदेशसभा बैठक स्थगित, यस्तो छ कारण

Posted on: 23 Jul, 2018

साउन ७, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

अर्को सूचना जारी नभएसम्मका लागि आज अपराह्न ३ बजेका लागि तय भएको बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । 

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले बैठक अवरुद्ध गर्ने बताएपछि बैठक स्थगित गर्नुपरेको बताइएको छ । यसअघि शुक्रबारको प्रदेशसभाको बैठक पनि प्रतिपक्षी काँग्रेसको अवरोधका कारण स्थगित भएको थियो । 

यसैबीच प्रदेश नं ७ प्रदेशसभाको काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति प्रकाशित गरी अनशनरत डा गोविन्द केसीले उठाएका माग पूरा गरी उहाँको जीवन रक्षा गर्न माग गर्दै कानून मन्त्रीले महिलाको अपहेलना हुने गरी अभिव्यक्ति दिएको भन्दै विरोध गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!