प्रदेश ५ मा छ वटा संसदीय समिति, को-को छानिए ?

Posted on: 26 Jul, 2018

साउन १०, बुटवल | प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । 

मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक/एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै निर्विरोध चयन भएका हुन् । 

सार्वजनिक लेखा समितिमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी, अर्थ उद्योग तथा पर्यटन समितिमा नेकपाका दधिराम न्यौपाने र भौतिक पूर्वाधार तथा विकास समितिमा नेकपाकै आशा स्वर्णकार बुधबार निर्विरोध चयन हुनुभएको छ । 

त्यस्तै मनोनयन दर्तामा एक/एक जनाको मात्रै मनोनयन दर्ता भएपछि प्रदेश मामिला तथा कानून समितिमा नेकपाकै दामाकुमारी शर्मा, सामाजिक विकास समितिमा दीर्घनारायण पाण्डे र कृषि वन तथा वातावरण समितिमा संघीय समाजवादी फोरमका विजयबहादुर यादव निर्विरोध हुनुभएको छ । 

प्रदेशसभाले यसअघि चार समिति रहने व्यवस्था गरेकोमा नियमावली संशोधन गर्दै छ समिति बनाउने निर्णय गरेको थियो । छ समितिमध्ये काँग्रेस र संघीय समाजवादी फोरमले एक÷एक र नेकपाले चार समितिको सभापति लिएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!