आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमणको षड्यन्त्र होः अध्यक्ष साउद

Posted on: 28 Jul, 2018

कमल रावल | साउन १२, अछाम | रामारोशन गाउपालिका अछामका अध्यक्ष झँकर साउँद भाष्करले केही दिन अघि आफ्ना बिरुद्ध सामाजिक सञ्जालमा आएका गलत समाचार आफु बिरुद्धको षड्यन्त्र भएको बताउनु भएको छ । 

अछाम सदरमुकाम मंगलसेन आफ्नो गाउपालिकाले आर्थिक बर्ष २०७४/०७५ मा भए गरेका कामकार्य र उपलब्धिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने क्रममा भाष्करले आफ्नो ब्याक्तिगत लेनदेनको कुरामा कसैलाई उचालेर आफू विरुद्ध बैचारिक राजनीतिक आक्रमण भएको भन्दै उहाले आफ्नो लोकप्रियता देखेर आत्तिएकाहरुले यस्तो गरेको बताउनुभयो । 

ब्यक्तिगत लेनदेनको कुरालाई कुनै आधार र प्रमाण बिनानै ठगी मुद्धा भनी गलत रुपमा समाचारका रुपमा अनलाईन र सामाजिक संजालमा भाईरल बनाएर आफुमाथि षड्यन्त्र भएको भन्दै अध्यक्ष साउदले चरित्र हत्या गर्न खोज्ने हिसाबले भएको षड्यन्त्र बिरुद्ध पार्टी केन्द्रिय कार्यालयमा निबेदन दिएको र अब बैचारीक र राजनीतिक रुपमै संघर्ष गर्ने उल्लेख गर्नु भयो । गाउँपालिका अध्यक्ष साउदकै अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा गाउपालिकाले बर्षभरि गरेका प्रमुख कामहरुलाई ५३ वटा बुदामा समावेश गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो । पत्रकारले राखेको जिज्ञासामा अध्यक्ष भाष्करले पर्यटकिय क्षेत्र रामारोशनलाई जिल्लाका अन्य स्थानीय तह, प्रदेश सरकार र राष्ट्रकै अपनत्व दिलाउने गरि पहलकदमी भईरहेको बताँउनु भयो । 


पत्रकार सम्मेलनमा पत्रकार महासंघ अछामका सचीव होम बहादुर साउद, नेकपाका नेता झपट अयडि लगायत अतिथि रहनुभएको थियो । जिल्ला स्थित सन्चार माध्यम र राष्ट्रिय मिडियामा आबद्ध पत्रकारहरु तथा गाउपालिकाका कर्मचारीको सहभागीता रहेको पत्रकार सम्मेलनमा गाउपालिकाका वडा सचिव रामबहादुर भण्डारीले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!