विप्लव समूहका प्रवक्ता प्रकाण्ड पक्राउ

Posted on: 08 Aug, 2018
साउन २३, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको विशेष ब्यूरोले काठमाडौंको नागढुंगाबाट मंगलबार साझँ पक्राउ गरेको हो । उनको साथमा उनका सहयोगी समेत पक्राउ परेका छन् । पक्राउ पछि उनलाई टेकुस्थित जिल्ला प्रहरी कार्यलय काठमाडौंको हिरासतमा राखिएको छ । प्रकाण्डमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उपत्यका बाहिर पार्टीको कार्यक्रम सकेर फर्किँदै गर्दा उनि पक्राउ परेका हुन् । केही समय अगाडिदेखी सरकारले सो पार्टीका गतिविधिबारे कडा निगरानी गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!