प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगन

Posted on: 14 Aug, 2018

साउन २९, धनगढी | प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको प्रदेश सचिवालयले जनाएको छ । 

आजको बैठकमा प्रदेश नं ७ प्रदेशको कर तथा गैरकरका राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफल गर्ने र मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक २०७५ टेबुल गर्ने कार्यसूची थियो । 

बैठक स्थगन हुनुपर्ने कारण भने बुझ्न नसकिएको सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो । प्रदेशसभाको अर्को बैठक आगामी भदौ ६ गते दिउँसो १ बजेका लागि तोकिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!