यी हुन, नेकपा गुल्मीको हुनेवाला अध्यक्ष वालसिंह काउछा

Posted on: 17 Aug, 2018

प्रेम सुनार | साउन ३१, गुल्मी | मगराँत प्रदेश माग गर्दै पश्चिम नेपालीमा अधिकांस जनजाति नेता , कार्यकर्ता र सर्वसाधरण सम्म सदन र सडक तताई रहेका बेला गुल्मीमा भने उनै एक नेता थिए जसले न आफु भड्किय न तत्कालिन नेकपा एमालेका कार्यकर्तालाई भड्काए ।

त्यसको बढि  मुल्याङनमा परेका थिए तत्कालिन एमाले पार्टीबाट वालसिंह काउछा ।  त्यसो त उनि २०३५ साल अघि देखि तम्घासको महेन्द्र माविमा   विद्यार्थी संगठन देखि  तत्कालिन नेकपा माले हुँदै यहाँ सम्म आई पुगेका हुन ।

साविक तम्घास गाविस–४ हाल रेसुङ्गा नगरपालिका वडा नम्वर ८, खानीगाउँ ओखरवोटमा २०२२ साल असार ३१  ग्गतेका दिन पिता रुपसिंह काउछा थापा र माता धनकलाको कोठबाट जन्मिएका बाउछा वाल्यपन देखि नै विद्रोही स्वभावका थिए । त्यति वेला पुरै कांग्रेसको दवदवा रहेको तम्घासमा कम्युनिष्ट बनेर खुल्नु भनेको चानचुने कुरा थिएन ।

त्यस बैले चुनौती दिदै उनि कांग्रेसहरु संग थाप्पीन जाँदै भन्थे ल गर, के गर्छौं  गर , तिमीहरु धेरै छौं भनेर डराईदैन । २०४६ सालको जनआन्दोलनमा ढुङ्गा मुढा खाँदै सशक्त रुपमा उत्रिए पछि काउछा २०४७ सालतिर तत्कालिन प्ररारायु संघ तम्घास गाउँ कमिटीको सचिवमा चुनिए । संघको जिल्ला सचिव र तम्घास गाउँ कमिटीको पार्टी सचिवको जिम्मेवारी पनि संगै गरे ।

२०४९ सालमा ईलाका नम्वर ८ र ९ को संयुक्त रुपमा नेतृत्व सम्हाले ।  त्यस पछि प्ररारायु संघको जिल्ला अध्यक्ष भए । संघको उनि चोश्रो अध्यक्ष थिए ।  संस्थापक अध्यक्ष वोमबहादुरको पालामा उनि सचिव थिए । मधुकृष्ण पन्तको पालामा पनि सचिव नै भए । सोमनाथको पालामा पनि सचिव नै थिए ।


त्यस पछि मात्र उनि अध्यक्ष भएका हुन । जिल्ला पार्टीको छैठौ , सातौ र आठौ सम्म पार्टीको जिल्ला सदस्य नै रहे । नवौ र दशौं अधिवेशन दुवै कार्यकाल सम्म उनि उपसचिवको जिम्मेवारीमा  छन । उनलाई नेकपा प्रदेश ५ को कार्यदलले गुल्मीको जिल्ला अध्यक्षमा सिफासिस गरेको छ ।

यो संगै साराका फेश काउछाको बधाईले भर्न थालेका छन । ५३ बर्षको जिवन यात्रामा पाईला टेकेका काउछा अध्यक्षमा सिफारिस गरिएको प्रति पार्टीले आफुलाई न्याय गरेको  छोटो प्रतिकृया दिए ।

अव संयुक्त पाटी कसरी मिलाएर लैजानु हुन्छ त ? भन्ने प्रश्नमाउनले भने–‘ हामी कम्युनिष्टमा ब्यक्ति हामी हुने कुरा हुँदैन । नेता एक भए पनि सामुहिक नेतृत्व हुन्छ । सवैलाई मिलाएर लैजाने छु । टिम वर्क नै ठुलो कुरा हो । सवै नेता गणले हाँक्छौं पार्टी सशक्त रुपले अगाडी बढ्ने छौं । तपाई मार्फत शुभेछुकहरु सवैलाई धन्यवाद दिन चाहन्छु ।’

पुर्व एमालेबाट उनि अध्यक्ष भए पछि पुर्व माओवादीबाट ‘सचिव हुने निश्चित छ । त्यसमा पुर्व माओवादी नेता बुद्धि जिसीको नाम चर्चामा छ । तर पुर्व पार्टी संयोजक विरबहादुर कार्की र पुर्व सचिव युवराज केसी विच तानतान भई रहेकोले कसैको टुङ्गो नलागेको पार्टीको उच्च श्रोतले बतायो ।

जिसी क्षेत्र नम्वर २ मा प्रतिनिधी सभा सदस्यको टिकट पाएका थिए । तर एमाले संग बाँडफाँड  गर्दा नमिले पछि हापेर पुर्व एमाले  नेता विष्टको चुनावी प्रचारमा खटेका थिए । त्यस कारणले पनि अहिले आफुले अवसर पाउनु पर्ने उनको दावी छ ।  गुल्मीमा जिल्ला कमिटीका लागि पुर्व एमालेबाट ६० प्रतिशत र पुर्व माओवादीबाट ४० प्रतिशतको जिल्ला कमिटी बन्ने भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!