के भन्छन त प्रचण्डका ज्वाँई अर्थात नेकपा गुल्मीका हुनेवाला सचिव ?

Posted on: 18 Aug, 2018

प्रेम सुनार | भदौ २, गुल्मी | नेकपा प्रदेश ५ को कार्य दलले गुल्मीमा पुर्व एमालेबाट वालसिंह काउछा र पुर्व माओवादीबाट बुद्धि जिसीलाई सचिवमा सिफारिस गरे पछि जिल्लामा सवै भन्दा बढि चर्चाको बिषय बनेको छ । ति दुबै नेताहरुको समर्थन र बधाई  सामाजिक सञ्जालमा निकै आई रहेको छ । सामाजिक सञ्जालमा ति दुवै नेताहरु प्रति बिरोधका शव्दहरु देखिएका छैनन । ति दुई मध्ये सचिवमा सिफारिस जिसी संग हामीले कुराकानी गरेका थियौं ।

तपाई प्रचण्डका ज्वाँई–चेला  भएकै कारण सचिवमा सिफारिस भएको भन्ने आरोप पनि लागेको छ नि ? भन्ने प्रश्नमा उनले भने–‘ श्रीमति शारदा पाठक संग मेरो विवाह २०५९ सालमा न भा’को हो, जवकी म तत्कालिन मोटो मशालको  २०४८ सालमा दिपक मावि भनभनेमा ईकाई कमिटी अध्यक्ष थिएँ ।

पछि एकता केन्दै बने पछि त्यसको विद्यार्थी संगठनको जिल्ला कमिटीको सचिव  २०४९ देखि २०५३ साल सम्म  रहेको थिएँ । जति बेला मैले प्रचण्डको नाम मात्रै सुनेको थिएँ, उहाँलाई देखेको थिईन । २०५४ सालमा तत्कालिन माओवादीले गुल्मी, अर्घाखाँची र बाग्लुङ्गमा अगाडी सारेको अगुवा अभियानका क्रमममा गुल्मी जिल्ला प्रहरीको २९ दिन सम्म हिरासदमा बसेको थिएँ ।

मलाई गुल्मीको बाँझकटेरीबाट पक्राउ गरिएको थियो । मेरो दाई विनोद कुमार भारतको जलान्धरमा ब्यवसाय गर्ने भएकोले मेरो त्यहाँ आवत जावत हुनु स्वभाविक नै थियो । त्यस कारणले पनि मलाई पछि प्रवास संगठन हेर्न खटाईएको हो । प्रचण्ड ज्यु संग मेरो पहिलो भेट २०५४ सालमा जलान्दरमा भएको हो । उहाँ लगायतका नेताहरुलाई सेल्टरको ब्यबस्थापन हाम्रो परिवारले  गर्ने गर्दथ्यो ।

उति बेला मैले उहाँहरुलाई देख्दा एकदम सर्वसाधरण जस्तै लाग्थ्यो । पार्टीमा उहाँ आफ्नो जिम्मेवारीमा हुनु हुन्थ्यो भने म मेरो जिम्मेवारी वाईसियश प्रवास शाखाको प्रवक्ता थिएँ । त्यति बेला हाम्रो ईञ्चार्ज जगत प्रसाद शर्मा (अपार) हुनुहुन्थ्यो । म पार्टी कमिटी प्रवास शाखाको १ र ३ नम्वर जिल्लाको सेक्रेटरी थिएँ ।

त्यसका अलवा अखिल  भारत नेपाली एकता समाज राज्य समितिको सचिव पनि थिएँ । पछि तत्कालिन राजा ज्ञानेन्द्रको पालमा अटल विहारी भाजपेयी सरकारले हाम्रो संगठनलाई  प्रतिबन्ध ग¥यो । हामीहरुलाई भागाभाग पा¥यो । पछि हामीले नेपाली जनअधिकार भारत सुरक्षा समिति गठन ग¥यौं । जसमा म राज्य समिति सचिव  थिएँ । शान्ति प्रकृया पछि त्यही जिम्मेवारीमा मलाई गृह जिल्ला पठाईएको हो । प्रचण्ड ज्यु संग नातागोताले म राजनीतिमा लागेको होईन , राजनीत गर्दै अगाडी बढ्ने क्रममा हामी नाता गोतामा बाधिएका हौ ।

गुल्मी आए पछि म तत्कालिन मगराँत राज्य समिति सचिवालय  सदस्यको जिम्मेवारी सम्हाँले । विद्याथी संगठन, वाईसियल र कर्मचारी संगठन निर्माण र परिचालनमा मेरो भुमिका कस्तो रह्यो मैले भनिरहनु नपर्ला साथीहरुले भन्ने कुरा हो ।

पछिल्लो चरण पार्टीले केन्द्रि सदस्यको जिम्मा दियो । २०७० सालको निर्वाचनमा म गुल्मीमा दुई वटै निर्वाचन क्षेत्र मध्ये जुनबाट पनि प्रतिनिधी सभा सदस्यको टिकट पाएको थिएँ । तर पुर्व एमालेको भागमा दुवै नेताद्धय प्रदिपकुमार ज्ञवाली ज्यु र गोकर्ण बिष्ट ज्युको भागमा परे पछि म उहाँहरुको चुनावी कमाण्डरका रुपमा खटें ।

म पार्टी काममा मात्र बिश्वाँस गर्छु । नाता गोता त पारिवारिक जमघटमा मात्रै हुन्छ । टिभि पाठक र मेरो बुवा देखि सारा हाम्रा आफन्तहरु सुरु देखि नै माओवादी आन्दोलनमा छौं । प्रवासमा तत्कालिन माओवादीलाई सेल्टर दिने हामीहरु नै बढि मात्रमा थियौं । उहाँहरुलाई जोगाउन त्यति बेलाको अवस्थामा निकै कठिन थियो ।

पार्टीमा  खटेको आधारमा अरु साथीहरु झै म पनि दावेदार हुँ ।  म भन्दिँन मेरो मात्रै योगदान र दावी रहनु पर्छ भनेर । म जस्ता अरु साथीहरु पनि पक्कै हुनुहुन्छ । तर पार्टीमा अवसरको हिसावले हेर्ने हो भने म  पछाडी पर्दै आएको कार्यकर्ता हुँ । जसलाई अहिले कार्यदलले न्याय गरेको महशुस गरेको छु ।

२०३५ साल मंसिर १ गते गुल्मीको साविक भनभने गाविस , हालको मदाने गाउँपालिका–७, भईकमार स्थित े सामन्य परिवारका पिता  तिलकबहादुर जिसी र माता किमकला जिसीको कोखबाट जन्मिएका जिसी जिल्लाका शालिन, सवै संग समन्व्य र सहकार्य गरेर अगाडी बढ्ने मिलनसार नेताका रुपमा चिनिन्छन । उनि रेणु दाहलकी नन्दका श्रीमान भएकोले प्रचण्ड परिवारका ज्वाई चेलाका रुपमा गनिन्छन ।

जिल्लाको विकास निर्माणमा राजनैतिक नजरले नहेर्ने, साझा अवधारण बनाउने कुरामा पुर्व माओवादीबाट राम्रो नेताका रुपमा चिनिएका उनि दजाकोटको आगोलागी देखि हरेक प्रकारका विपदमा खटिएका नेता हुन । दजाकोटमा आगो लागी हुँदा तत्कालिन गृह मन्त्री शक्तिबहादुर बस्नेतलाई अवलोकनमा ल्याउनमा उनैले पहल गरेर खानेपानी योजना पार्ने देखि केहि राहतका  कार्यक्रम पारेका थिए ।

अव पार्टीलाई कसरी अगाडी बढाउनु हुन्छ त भन्ने प्रश्नमा उनले भने अध्यक्षमा सिफारिस वालसिंह दाई संग हाम्रो पहिल्लै देखि नै समाज रुपान्तरण गर्ने कुरामा सहकार्य रहँदै आएको छ । उहाँ र मेरो सम्वाद भई रहेको छ । हामी जनताको सेवा र समृद्धिमा खट्ने कुरामा दुई जना मात्रै होईनौ अरु नेता गणको साथ लिएर अगाडी बढ्ने छौं ।

हामीलाई सवै भन्दा गौरव र खुशीको कुरा यहि छ कि देशका खम्वा नेता प्रदिप ज्ञवाली, गोकर्ण बिष्ट र सुदर्शन बराल लगायतका अभिभावहरु हुनुहुन्छ । त्यसले गर्दा जनताका अपेक्षाहरु हामी पुरा गर्न सक्छौं भन्नेमा हामी ढुक्क छौं । उहाँहरुको नीति निर्देशन अनुरुप हामी चल्ने छौं ।

मलाई आशा छ पुर्व एमालेका साथीहरुले मलाई त्यति कै साथ दिनु हुने छ र वालसिंह दाईलाई पुर्व माओवादीका साथीहरुले पनि त्यति कै साथ दिनु हुने छ । भावनात्मक सम्वन्ध हाम्रो हिजो पनि थियो अब त झन पार्टी एक भई सके पछि हामी एउटै परिवारका सदस्य भएर अगाडी बढ्ने छौं । जिसी  पुर्व माओवादी  जिल्ला पार्टीको सह सचिव हुँदै सह संयोजक थिए ।

पुर्व माओवादी जिल्ला कमिटीको आधिकारिक धारण भने बाहिर आएको छैन । संयोजक बिरबहादुर कार्की र अर्का सह सयोजक युवराज केसी लगायतका केहि अग्रज नेताहरु पनि एकिकृत पार्टीको प्रमुख पदको दावेदार हुन । संयोजक कार्की संग सम्पर्क हुन सकेन । सचिव केसी संग सम्पर्क राख्दा विधी र प्रकृया प्रति केहि असन्तुष्टी रहे पनि  पात्र प्रति आफुहरुको असन्तुष्टि नरहेको प्रतिकृया दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!