स्थानीय तहमा कांग्रेसको धावा: कामै नगरी रकम निकालेको आरोप

Posted on: 26 Aug, 2018

प्रेम सुनार | भदौ १०, बुटवल । आफ्नो सरकार नभएका  प्रदेश–५ भित्रका  स्थानीय सरकारको गतिविधीमा नेपाली कांग्रेसले वडास्तर सम्म गठन गरेको छायाँ सरकारले निगरानी बढाउँदै आएको छ ।  यस  प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मीका ९३ वटै वडाहरुमा छायाँ सरकाले निगरानी बढाएको र कतिपय थुप्रै योजनाहरु कामै नगरी रकम निकासी गरेको पाईएको जिल्ला पार्टी सचिव खिलध्वज पन्थीले बताए ।

‘रेसुङ्गा नगरपालिका वडा नम्वर–६ मा बढि नै कम्जोरी पाईएको छ,–पन्थीले भने–‘ मालिका गाउँपालिका सहित अन्य केहि स्थानिय तहमा पनि साथीहरु रिर्पोटिङ्गमा हुनुहुन्छ ।  जिल्ला पार्टीमा आउने क्रम जारी छ । ’

रेसुङ्गा नगरपालिका वडा नम्वर ५ मा केहि केहि योजनाहरुमा  कामै नगरी रकम निकाला गरेको  कांग्रेस सो वडाका सभापति केशव मरासनीले आरोप लगाएका छन ।   आर्थिक वर्ष २०७४/७५ मा विनियोजित ७३ लाख भन्दा बढि रकम मध्ये केहि योजनामा दुरुपयोग भएको भन्दै त्यस वडाका छायाँ सरकार प्रमुख दुर्गा मरासीनी सहित कांग्रेसको एक  टोली वडाध्यक्ष गनबहादुर गुरुङ्ग समक्ष ज्ञपनपत्र बुझाई सकेको छ ।

सुनुवाई नभए अख्तियार सम्म पुग्ने चेतावानी कांग्रेसले दिएका छ । त्यस वडाको गुरुङ्ग गाउँका लागि सुन्तला कागती विस्तार कार्यक्रमको एक लाख कामै नगरी रकम निकासी गरेको कांग्रेसजनको आरोप छ । काग्रेसका अनुसार  ब्यवसायीक पशुपालन पकेट गाउँका लागि छुट्टाएको २ लाख रुपैयाँको पनि कामै भएको छैन ।

घरेलु उद्योग प्रर्वद्धनका लागि एक लाख छुट्टाईएकोमा एक जना  पुुर्व एमाले कै कार्यकर्तालाई ५० हजारको मेशिन खरिद गरी दिएको अन्य रकम हिनाविना गरेको कांग्रेसको आरोप छ ।  सहकारी प्रर्वधन कार्यक्रको एक लाख, गर्ववती सुत्केरी पोषण कार्यक्रमको एक लाख , अत्रकाँडा खानदुला  छापा  सिहान खानेपानी योजनाको चार लाख, वडास्तरिय खेलमैदन निर्माणको दुई लाखमा पनि रकम हिनाविना गरेको आरोप लगाईएको छ ।


त्यस्तै गुरुङ्ग संस्कृति संरक्षणको एक लाख , वडाका सवै गोरेटाबाटा मर्मतको २ लाख ५० हजार, फुटकर योजनाको ३ लाख ५० हजार , पहिरो नियन्त्रण सामग्री ब्वयस्थापनको १ लाख  समेतमा झारा टार्ने काम मात्रै गरेर रकम दुरुपयोग गरेको कांग्रेस वडा सभापति मरासीनीको आरोप छ ।  वडाध्यक्ष गुरुङ्गले भने त्यो आरोप झुट भएको जिकिर गर्दै सवैमा काम सम्पन्न भएको दावी गरेका छन ।

वडाध्यक्ष कै दाजुलाई योजनाका चाङ्ग

कांग्रेस सभापति मरासनीले वडाध्यक्ष गुरुङ्गका सहोदर दाजु  रुमबहादुर गुरुङ्गलाई त्यस वडामा विनियोजित गरिएका विकास योजनाको चाङ्ग लाग्ने गरेको बताउँछन । फुटकर योजना, गोरेटो बाटो मर्मत योजना, समग्र वडा नम्वर ६ को मोटरबाटो मर्मत सहित एउटै ब्यक्ति तिन तिन वटा उपभोक्ता समितिमा छन ।

अर्का पुर्व एमाले कार्यकर्ता नन्दबहादुर पुन पनि एउटै ब्यक्ति तिन चार वटा योजनामा छन । ति दुई जना कतै अध्यक्ष र कतै सचिव भएर मिलीजुली विकास  एउटै ब्यक्ति रहेका छन ।  एउटै ब्यक्ति धेरै विकास निर्माणमा रहँदा पारदर्शी नहुने काग्रेसको बुझाई छ ।

मालिकामा पनि कांग्रेस धावा

त्यस्तै मालिका गाउँपालिका कांग्रेस क्षेत्रिय सदस्य एवं छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले वडा नम्वर ४ अर्खबाङ्ग १६ वटा योजना र  वडा नम्र ८, मरभुङ्गमा ७ वटा योजना वडा योजनामा अनुगमन गर्ने कार्य भई रहेको अन्यत्र गर्ने क्रम तिब्र पारिएको त्यहाँका छायाँ सरकार प्रमुख उपेन्द्र अर्यालले जानकारी दिए  । 

उनले  भुरे योजनाहरु कार्यकर्ता पोषण गर्न बाँडिएको आरो लगाउँदै आएका छन । केहि दिन अघि क्षेत्रिय सभापति भगतसिंह खड्का , नेपाली विद्यार्थी संघका केन्द्रिय सदस्य सुर्दन खनाल , गत निर्वाचनमा त्यस गाउँपालिकामा कांग्रेसको तर्फबाट प्रमुख पदकी उमेदवार सिता अर्यालय लगायत डेलिगेशनमा पुगेका थिए ।

काग्रेस कार्यकर्ताहरुको निवेन समेत बुझ्न आनाकानी गरिएको, सुचनाको हक समेत प्रयोग गर्न नदिई गुमराहमा पारिएको आरोप लगाउँदै सभापति खड्काले गाउँपालिका प्रमुख रितबहादुर थापा सहितका जनप्रतिनिधीहरु संग आपत्ती जनाएका थिए ।

जवाफमा पालिका प्रमुख थापाले लगाईएका ति आरोपहरु सवै  सत्य नभए पनि  अन्य कतै केहि कम्जोरी भएको भए आगमी दिनमा सच्चाउने प्रतिबद्धता जनाएका थिए । विकास निर्माण र अन्य कार्यक्रम विनियोजन गर्ने क्रममा पुर्व एमालेकरण भएको कांग्रेसजनले आरोप कांग्रसले लगाएको थियो ।

जवाफमा  वडाध्यक्ष एवं त्यस पालिकाका प्रवक्ता शोभाखर गिरीले त्यस्तो कतौ नभएको , सबै पक्ष मिलेर त्यसमा पनि युवाहरु जुटेर आगमी अगाडी बढ्ने प्रतिवद्धता जनाएका थिए । त्यस पालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ पोखरेले कर्मचारीहरुबाट सु–शासन र पारदर्शीताका लागि कसैले औला उठाउने गरी  सेवा प्रवाह गरिएको दावी गर्दै सशंकित नहुन आग्रह गरेका थिए । 

आफ्नो सरकार नभएक अन्य थुप्रै वडाहरुमा कांग्रेसले धावा बोल्दै आई रहेको छ । 

तलको तस्वीरमा: रेसुङ्गा नगरपालिका वडा नम्वर ६ मा कांग्रेले बझाएको ज्ञापनपत्र 


यस बिषयमा तपाइको प्रतिक्रिया...!