प्रधानन्यायाधीशमा अयोग्य ठहरिएका जोशी न्यायाधीशका लागि योग्य

Posted on: 13 Sep, 2018

भदौ २८, काठमाडौं | प्रधानन्याधीशमा अस्वीकृत भएका न्यायधीश दीपकराज जोशीले मुद्दा हेर्ने जिम्मेवारी पाएका छन् । करिब एक महिनाको विदा सकेर सर्वोच्च फर्किएका जोशीको बेन्चमा नवनियुक्त प्रधानन्यायाधीस ओमप्रकाश मिश्रले तीन थान पेशी तोकेका हुन् । 

जोशी एक महिना लामो बिदा सकिएपछि सोमबार सर्वोच्च अदालतमा फर्किएका थिए । उनलाई दुई दिनसम्म पेशी नतोकिएको अवस्थमा प्रधानन्याधिस मिश्रले बिहीबार तीनथान पेशी तोकेका हुन् । 

संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेपछि विदामा बसेका जोशीले ४१ औँ दिनपछि मुद्दा हेर्ने जिम्मेवारी पाएका छन् । जोशी सर्वोच्चमा फर्किएपछि दुई दिनसम्म असहज अवस्था देखिएको थियो । तर उनी सर्वोच्चको फुलकोर्टमा पनि सहभागी भएपछि प्रधानन्याधिस मिश्रले जिम्मेवारी दिएका हुन् । 

जोशीविरुद्ध सत्तारुढ दल नेकपाले महाअभियोग लगाउन सक्ने जनाउ गरे पनि त्यसलाई बेवास्ता गर्दै उनी सर्वोच्चमा हाजिर भएपछि जिम्मेवारी पनि पाएका हुन् । 

सर्वोच्च फर्किएर आफूलाई मिश्रपछि दोस्रो वरियतामा रहेको पनि संकेत दिएका छन् । जोशीको एकल इजलाशमा सार्वजनिक सरोकारका मुद्दा र उच्च अदालतसम्बन्धी उत्प्रेषण आदेशको पेशी तोकिएको हो । 

यससँगै जोशी प्रधानन्यायाधीशमा अस्वीकृत भए पनि न्यायाधीशका लागि भने योग्य भएका छन् । जोशीलाई गत साउन १८ गते संसदीय सुनुवाइ समितिले प्रधानन्याधिसमा अस्वीकृत गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!