भोली माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन

Posted on: 16 Sep, 2018

भदौ ३१, काठमाडौँ | माओवादी केन्द्र निकट विद्यार्थी संघ अखिल (क्रान्तिकारी)ले भोली सोमबार २२ औं राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

अखिल (क्रान्तिकारी) ले 'बैज्ञानिक समाजवादी शिक्षा र राष्ट्रियताका लागि अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलन सफल पारौ' भन्ने मुल नाराका साथ असोज १ गते सोमबार बिहान ९ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागेको संघका वर्तमान अध्यक्ष आलोक रायमाझीले जानकारी दिए । 

प्रज्ञा प्रतिष्ठानको नेपाल-भारत मैत्री भबनको हलमा हुन गइरहेको २२ औं राष्ट्रिय सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराती साइलाले उद्घाटन गर्ने कार्यक्रम छ भने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैधले शुभकामना मन्तव्य दिनेछन् । 

सम्मेलनमा उपस्थित हुन आम अखिल (क्रान्तिकारी)प्रति आस्था राख्ने विद्यार्थीहरुलाई माओवादी केन्द्रले आमन्त्रण समेत गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!