‘अरु सबै मरुन, मेरो मात्रै भुँडी भरुम’ संसदमा पदम गिरीले कस्लाइ हाने झटारो ? [भिडियो]

Posted on: 20 Sep, 2018

पर्वत । प्रतिनिधिसभाका सांसद पदम गिरीले ओली सरकारमाथि खरो प्रश्न चिन्ह उठाएका छन् । सभामुख कृष्णबहादुर महरा मार्फत ओली सरकारप्रति गिरी कडा रुपमा प्रस्तुत भएका हुन् । उनले बैंकहरुमा चर्को रुपमा व्याज लादिएको र त्यसको प्रत्यक्ष मार किसान, मजदुर बर्गमा परेको भन्दै वित्तीय क्षेत्रमा देखिएको सिण्डिकेट केहिले अन्त्य हुन्छ सरकार भन्दै उनले केपी ओली नेतृत्वको सरकारमाथि प्रश्न चिन्ह उठाएका हुन् ।

बैकहरुले अरु सबै मरुन आफ्नो भँुडी भरुम जस्तो गरेको तर सरकार मौन बसेको भन्दै संसदमा सभामुख मार्फत प्रधानमन्त्री केपी ओली र  पूर्व गर्भनर समेत रहेको अर्थमन्त्री युवराज खतिवडामाथि प्रश्न चिन्ह उठाएका हुन् । 

सरकारले करमात्रै उठाउने लक्ष्य राखेको तर युवा लक्षित कार्यक्रमलाइ प्रभावित पार्ने बैंकको व्याज कम बनाउन कुनै पहल नगरेको उनको दुखेसो छ । 

गिरीले बैठकहरुले लिदै आएको व्याज ३ प्रतिशतमा झार्न सरकारसँग माग समेत गरेका छन् । युवाहरुलाइ केहि गर्छु भनेर ऋण लिने अबस्था पनि नरहेका कारण सरकारले वित्तीय क्षेत्रमा रहेको सिण्डिकेट तोड्न र व्याजदर कम गराउन पहल गर्नुपर्ने बताए ।

भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!