देशभर बलात्कारका घटना बढ्नु कतै सरकारमाथिको सुनियोजित योजना त होइन– गुप्त हमाल (भिडियो)

Posted on: 20 Sep, 2018


पर्वत । नेकपाका केन्द्रिय सदस्य गुप्त हमालले देशभर बढेको बलात्कारको घटना सरकारमाथिको सुनुयोजित योजना त होइन भन्ने आशंका व्यक्त गरेका छन् । 

 संविधान दिवसको अबसरमा पर्वतमा भएको एक कार्यक्रममा बोल्दै उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई सापटी लिदै देशभर बढेको बलात्कारको घटना सरकारमाथिकै आक्रमण हुनसक्ने आशंका व्यक्त गरेका हुन् । 

उनले विगतमा पनि बलात्कारका घटनाहरु भएको तर अहिलेको जस्तो घटनाहरुको अबस्था भयाभह नभएका कारण सुनियोजिताा रुपमै घटनाहरु बाहिर आएको हुन सक्ने आशंका व्यक्त गरेका हुन् ।

 नेता हमालले सरकारले बलात्कार जस्तो जघन्य अपराधमा लागेकाहरुलाई समात्न नसक्नुको बचाउ समेत गरेका छन् । 

‘बलात्कारी पुष्टि नभएसम्म जस्लाई पनि समात्ने र कोच्ने काम त गर्नु भएन नी, छानबिन हुदैछ, अनुसन्धानले पुष्टि गरेपछि समात्ने होला नी’ उनले निर्मला पन्त बलात्कार र हत्याप्रति उदृत गर्दै केपी ओली सरकारको बचाउ गरे ।

भिडियो


यस बिषयमा तपाइको प्रतिक्रिया...!