लिखु तामाकोशी गाउँपालिकामा नेपाल तरुण दलकाे १५ सदस्यीय नयाँ कार्यसमिति चयन

Posted on: 23 Sep, 2018

असाेज ७, रामेछाप ।

नेपाली काङ्ग्रेस निकट भातृ संगठन नेपाल तरुण दलले लिखु तामाकोशी गाउँपालिका स्तरीय कार्यसमिति निर्बिरोध चयन गरेकाे छ । शनिबार धाेबीमा भएकाे भेलाले तदर्थ समितिका संयोजक धनबहादुर मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेकाे हो । समितिकाे उपाध्यक्षमा पुस्कर पाैडेल र निर्मल मगर, सचिवमा बीरेन्द्र बाेहाेरा, सहसचिवमा लक्ष्मण खड्का, काेषाध्यक्ष साैगात तामाङ चयन भएकाे नेपाली काङ्ग्रेस रामेछापका क्षेत्रीय सचिव निरोज खड्काले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा प्रविन सुनुवार, सुरेश श्रेष्ठ, दिनेश सुनुवार, प्रेम तामाङ, टेकबहादुर तामाङ,प्रजन थापामगर, शम्भु सुनुवार र प्रकाश तामाङ र रमेश बस्नेत  रहेका छन् । 


त्यस्तै वडा नं ३ मा प्रमोद केसीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापति लबश्री न्यौपानेको प्रमुख आतिथ्यता तथा गत निर्वाचनका प्रदेश सभा उम्मेदवार रत्नबहादुर कार्की, महाधिवेशन प्रतिनिधि कृष्ण महत, पार्टी कोषाध्यक्ष कुमार श्रेष्ठ, पुर्व महासमिति सदस्य युवराज भट्टराई, तरुणदल जिल्ला अध्यक्ष काजिबहादुर खड्का लगायतको बिशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लवश्री न्यौपानेले लिखु तामाकोशी गाउँपालिका जिल्लामै भ्रष्टाचारको मुख्य अखडा बनेकोले अब तरुण युवाहरुले भ्रष्टाचारीहरुलाई समाजमा नङ्गाउनु पर्ने बताए । उनले समाजमा देखिएका विकृति विसङ्गतिलाई हटाउन लागी पर्न समेत आग्रह गरे ।


कार्यक्रममा नेका जिल्ला सदस्यद्वय पदम माझी, भोजराज खड्का, क्षेत्रीय सचीव निरोज खड्का, गाउँपालिका समिति अध्यक्ष योगेश्वर तिमिल्सिना, वडा नं २ का अध्यक्ष पदम तामाङ,  तरुणदकका क्षेत्रीय सभापति बिमल घिसिङ, नेविसंघका नेता सुशील बख्रेल र उत्तम कार्की लगायतले पनि सम्बोधन गरेको थिए । तरुण भेलामा सात वटा वडाका गरि १५० जना अगुवा तरुणहरुको उपस्थिति रहेको थियाे ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!