परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता

Posted on: 26 Sep, 2018

असोज १०, न्यूयोर्क | परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गर्नुभएको छ । 

उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव भरतराज पौडेल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी परराष्ट्रमन्त्री ज्ञवालीका साथमा रहनुभएको थियो । 

संयुक्त राष्ट्रसङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन दुई मुलुकका परराष्ट्रमन्त्री यहाँ आइपुग्नुभएको हो । 

रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!