निर्मला हत्या प्रकरण: गृहमन्त्रीले गरे यस्तो गम्भीर खुलासा

Posted on: 26 Sep, 2018

असोज १०, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले १३ वर्षीया बालिका निर्मला हत्याको अनुसन्धानमा प्रहरीको गम्भीर लापरवाही भेटिएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री बादलले सो कुरा बताएका हुन् |  निर्मलाको कपडाहरु संरक्षण नगरी जलाइनु ठुलो लापरबाही भएको उनले बताए | गृहमन्त्रीले भने:-‘११ गते मुचुल्का उठाइएको थियो । त्यसमा उनको बाबुको पनि औंठाछाप छ । जबकी उनी १२ गते मात्र भारतबाट आएका थिए ।’

निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको बताएका छन् । निर्मलाका बाबुका अनुसार दाहसंस्कार गरेको ८/१० दिनपछि प्रहरी कार्यालयमा बोलाएर अर्कै कागजमा औंठाछाप लगाउन लगाएको थियो । मुचुल्कामा आफ्नो नाममा कसले औंठाछाप लगायो भन्ने अन्जान रहेको पनि उनले जानकारी दिए |

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।

गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

छानविन समितिले प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!