गृहमन्त्री थापा गुल्मी आउँदै, पहिलो पटक पुर्खेयौली घर टेक्दै

Posted on: 28 Sep, 2018

प्रेम सुनार | असोज–१२, बुटवल ।  गुल्मी बडागाउँको दजाकोट पुर्खेयौली घर भएका गृहमन्त्री रामबहादुर थापा  ( बादल ) आज सम्म कहिल्लै मुल घर टेक्ने चेष्टा गरेनन वा फुर्सद मिलेन । तर, भोली उनी विहान साढे सात  बजे कोदाको रोटी, बाँईवडा ( टमाटर )  र मरौटीको छोप ( चटनी ) को अर्नी  ( खाजा )  र त्यस पछि कवेलीको तिउँन ( फर्सीको तरकारी ) र आटो (च्याँख्ला ) खाना मुल घर आउँदै छन ।

उनको मुल घर तल्ला गाउँ अर्थात तल्लो दजाकोट हो । उनकी कान्छीयाँ (काकी )  सुमित्रा सोनारीले छोरा  आउँदै छन , कोदाको रोटी बाईवडाको छोप  र  कवेलीको तिउन संग आटो खुवाउने ईच्छा राखेकी छन । उनि आउने भने पछि उल्लास छ गाउँमा । पुरै गाउँले खाना बनाईदै छ । मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा  गृह मन्त्रीका छिमेकी हरिप्रसाद छन्त्याल र पुर्व माओवादी नेता खुमबहादुर थापा लगायतका समाज सेवीहरु उनकोे स्वागत तयारीका लागि जुट्दै छन ।

‘समय छोटो छ तर गृहमन्त्री ज्युलाई आफ्नो  दाजु भाईको रुपमा हेर्न आउनेहरुको लर्को धेरै छ –नेता खुमबहादुर थापाले भने –‘ उहाँलाई पहिलो पटक मुल घरमा पाईला टेकाउने हाम्रो धोको भोली पुरा हुने भएकाले हामी हर्ष विभोर छौ । ’ स्थानियबासी तथा जनप्रतिनिधी हरिप्रसाद छन्त्यालको फोन उठाई नसाध्धे छ । छिमेकी भएकोले गृहमन्त्रीलाई स्वागतको तयार उनैको जिम्मामा बढि छ । छन्त्याल भन्छन –‘गृहमन्त्री ज्यु  पहिलो पटक गाउँ आउँदा  हामीमा खुशीको सिमा छैन । ’

उनका नातेदार डाँडाथोकका बिष्णु बगालेका अनुसार गृहमन्त्री थापाका पिता कर्णबहादुर थापा भारतिय सेनामा भर्ति भएको केहि बर्ष सम्म घर आउने गर्दथे । पछि चितवनमा घर जग्गा किने पछि उनको र उनका सन्तानको आवत जावत रोकिएका थियो ।  उनका परिवारका चेली बेटी र अन्य सदस्य भने चितवनमा जाने आउने गर्दछन ।  गृहमन्त्री थापाका माईलाबाट ( काका) मनबहादुर सोनारी , कान्छाबा .( काका ) दलबहादुर सोनारीको मृत्यु भई सकेको छ । 

  उनका छोराहरु नेरबहादुर र रामबहादुरहरु दाजु भेटन पाउने खुशियालीमा छन । त्यसै दजाकोट अन्तरगतमा पर्छ मुसिकोट नगरपालिका । खुशीको सिमा नरहेको बताउँछन नगर प्रमुख सोमनाथ सापकोटा ।  उनि भन्छन–‘ भोली उहाँको बसाई एकदम छोटो छ तर हामी नगरवासीलाई उहाँ संगै लामो समय बसेर दुख सुख साटी रहुँ जस्तो लागेको छ । छोटो समय उहाँले दिए पनि हामीले धन्य ठानेका छौ । यस नगरपालिका भित्र राज्यको उच्च ओहदामा पुग्ने उहाँ नै श्रेष्ठ ब्यक्ति  रहेकोले भोली उहाँलाई उहाँ कै पुर्खेयौली घर दजाकोटमा भब्य स्वागत र नागरिक अभिनन्दन गरिदै छ । ’

 जनयुद्धका बेला त्यही दजाकोटको बाटो आवत जावत गरेको बताउने गृहमन्त्री थापा यस अघि सदरमुकाम तम्घास आएको बेला सबै आफन्तजनलाई भेटेर गाउँ घरे भाषामा कुराकानी र माया साटासाट गरेका थिए । म एक चोटी घर आउँछु, सानाबा,  सानीमा र मामा माईजु भनेर भनेका थापा  धेरै बर्ष पछि बल्ल भोली आउँदैछन । 

उनको गाउँ पहिला जस्तो छैन । २०७३ बैशाख १८ गते  आगोलागी भएर  नष्ट भएको छ ।  ति खरका छानाहरु छैनन । कुखरा र सुंगुरहरु पनि जथाभावी हिड्दैनन । त्यस्तो फोहर गाउँ अहिले सफा छ । पुरै जनजाती बस्ती छ । जाँड रक्सीले हो–हल्ला गर्ने , फोहरले टेकी साध्य नहुने हिजोको उनको गाउँ अहिले होमस्टे जस्तो सधै बसी रहुँ जस्तो सफा , सुन्दर  र सभ्य थलो बनेको छ । 

गृहमन्त्री थापा भोली बिहान पुर्खेयौली घर परिवार भेटेर यता  लाईन्स क्लव अफ काठमाण्डौ लर्ड बुद्धले सदरमुकाम तम्घासमा आयोजना गरेको    बृहत स्वास्थ्य शिविरलाई सम्वोधन गर्न आउने छन । त्रि–दिवसिय  स्वास्थ्य शिविर आजै देखि सुरु भएको छ । शिविरको जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुली र प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले आ–आफ्नो स्गवास्थ्य परिक्षण गराई उद्घाटन गरेका छन ।  

बाबुकै श्राद्धको दिन घर आउने संयोग  

गृहमन्त्री थापाका चितवन स्थित  माईला  भाई चोकबहादुर थापा संगं सम्पर्क राख्दा उनले भोली दाजु मुल घरमा जानु र बाबुको श्राद्ध हुनु एकै दिन परेकोले बिशेष महत्वको दिनका रुपमा  लिईएको बताए । उनका अनुसार उनका बाबुको मृत्यु चार  बर्ष अघि भएको थियो । 

अनरोरी लेफ्टीनेन्टमा सन १९७१ मा रिटायर्ड भएका बाबु कर्णबहादुरले भरतपुर नगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा जमिन किनेर बसोबास सुरु गरेका थिए । २०१२ सालमा जेठा छोरा बादल जन्मेका थिए । उनि जन्मेको ६३ बर्ष पछि उनले मुल घरमा पाईला टेक्दैछन । 

दजाकोटबाट  उनिहरुले तब गाउँ छाडे जब अग्रेज र चिन बिचको लडाईमा उनीहरुका बाबु कर्णबहादुर लडाईमा परे  , र लकदात भन्ने स्थानबाट  सन १९६२ सालमा उनि सहित करिव २५ प्रतिशत अग्रेज सेनालाई चिनले कब्जामा लियो ।  त्यो थाह पाए पछि यता घरमा रोई कल्लाई सुरु भयो । ११ महिना सम्म कब्जामा रहेका उनका बाबु तब रिहा  भए जब दुई पक्ष बिच सन्धी भयो । 

११ महिना देखि बन्धक भए पछि गुल्मी कै आँपचौर स्थित  मामा हर्कबहादुर र दिलबहादुर पल्लीले दजाकोट बाट रातौरात नेता बादलका परिवारलाई उठाएर सिलाङ्ग पुराएका थिए । माईला भाई चोकबहादुर भारतिय सेना कै अवकास प्राप्त मेजर हुन र साईला भाई नरेशकुमार थापा पनि भारतिय सेना कै फौजी हुन । कान्छा भाई ईन्द्रबहादुर थापा भने स्थानिय अवकास प्राप्त शिक्षक हुन । सबै भन्दा जेठी छोरी हेमकुमारी थापा र विष्णु देवी राना चितवन मै छन । वहिनी रेनु आले ईञ्जिनियर पढ्न गएका श्रीमान संगै लण्डनमा छन । बादलका एक छोरा एक छोरी छन । उनकी श्रीमति नैनाकला पार्टीकै जिम्मेवार नेतृ हुन । 

प्रचण्ड र बादल बालसखा 

चोकबहादुर थापा यसरी विगत खोल्छन– प्रचण्ड र बादल सानै देखिका दौतरी हुन । राजनैतिक रुपमा उनिहरु नर्सरी देखिका क्लास फ्रेण्ड जस्तै हुन ।  बादलले चितवनको एग्रीकल्चर युनिभरसिटीमा पढ्थे । उनि आईएसीमा कलेज टप भएर रुसमा ७ बर्ष सम्म पढ्न जाने स्कलरशिप पाए । २०३२ साल तिर उनि रुस गए ।

२०३६ सालको पञ्चायत विरोधी आन्दोलनमा रुसमा रहेका कम्युनिष्ट विद्यार्थीहरुले बादललाई त्यहाँका विद्यार्थीहरुले प्रतिनिधीत्व गराई  उनलाई स्वदेशको आन्दोलनमा  पठाए । 

राजतन्त्र विरुद्धको त्यस आन्दोलनमा राजाले नै स्कलरशिप दिएर पठाएको विद्यार्थी  राजतन्त्र विरुद्ध कै आन्दोलनमा आएको छ भन्ने सुराकी पाए पछि  बादलको सात बर्ष पढ्ने स्कलरशिप खोसियो । उनि रुसबाट अएको पाँच महिना पछि चितवनको तत्कालिन शारदा नगर गाउँ पञ्चायतले आयोजना गरेको  बार्षिक आर्थिक प्रतिवेदन सार्वाजानिक गर्ने कार्यक्रममा सहभागी भए । 

उनले सभा सोधे–‘ यस आर्थिक प्रतिवेदन उपर बोल्न पाईन्छ ?  सभाबाट  बोल्नु अनुमति दिईयो ।   बादलले भने–‘ तपाईहरुले आर्थिक प्रतिवेदन मौखिक रुपमा त सुनाउनु भयो । कतै पुल बनेका कतै बाटो घाटो निमार्ण भएका त भनियो तर खै कागजी प्रमाण र खर्च भएका बिलहरु ?  यस्तो सवाल उनले उठाए पछि  सधै सभा पक्षकै ताली पिट्नेहरुले पहिलो पटक बादलको त्यो सवालको समर्थन गर्दै ताली पिटे । 

    चोकबहादुर थप्छन–‘त्यति बेला राजातन्त्रलाई बोकेको कांग्रेसको ठुलो दवदवा थियो’– त्यति बेला प्रधानपञ्च कांग्रेसका तेजप्रसाद गुरुङ्ग थिए उनले रामबहादुर थापाले शान्ति बिथल्यो भन्दै ११ महिना सम्म दाजुलाई जेल हाले । त्यो नै पहिलो र अन्तिम जेल थियो ।’  त्यस पछि उहाँलाई कसैले समात्न सकेन । भुमिगत राजनीतिमा उहाँलाई फेला पार्ने कोही छैन । उता प्रचण्ड पनि त्यो बेला गाउँका चल्तापुर्जा  शिक्षक हुनुहुन्थ्यो ।

   तत्कालिन का्रग्रेसका लागि टाउँको दुखाईको पात्र बन्नु भएको थियो । जात्रै छुर्मुखो मान्छे भन्थे । अहिले आफुहरु भन्दा अरु कोही छैन लोकतन्त्रवादी भन्ने कांग्रेसहरु उति बेला मानिस  बोले बापद  पनि मान्छेलाई त्यसरी जेल हाल्थे । करिव ४ बर्षको तयारी पछि प्रचण्ड र बादल भुमिगत भई जनयुद्ध घोषणा गरेका थिए ।  प्रचण्ड शिवनगर घर आउँदा हाम्रो परिवारकहाँ नपसी छाड्नु हुन्न  । प्रचण्ड ज्यु  पहिला आमालाई  भेटनु हुन्छ त्यस पछि परिवारका सदस्य संग भालकुसरी गर्नु हुन्छ । उहाँमा बडापन छैन ।

   हिजो जसरी परिवार संग घुलमिल हुनुहुन्थ्यो त्यसरी नै प्रस्तुत हुनुहुन्छ । बादल र प्रचण्ड दुबैले यहाँ घर बनाएका छैनन ।  पुर्खेयौली सम्पत्तीको भागीदार मात्रै हो । दाज भाउजु जोरपाटीको डेरामा बस्नु हुन्छ ।  अँस्ती कुन चाँहीले प्रचण्डले छोरीका नाममा घर बनायो भनेर फेशबुकमा हालेको देख्दा हाँसो उठ्यो ।

प्रचण्ड र बादल दुबैले आफ्नो निजी सम्पत्ती कत्ति पनि नराख्ने पार्टीकरण गर्ने भन्दै आउनु भएको छ । रह्यो कुरा गाउँको । म दजाकोट दुई तिन चोटी गई सकेको छु । अहिले यहाँ घरमा बुढा बुढी मात्रै भएकोले यसपालीको दशैमा चाहेर पनि हामी दजाकोट जान सक्दैनौं । दजाकोटमा मात्र होईन पर दिगामचौरका वोमबहादुर थापा सहित बलिथुममा पनि हाम्रा दाजु भाईहरु छन ।

दाजु दजाकोट नपुगे पनि दजाकोट र  त्यस आसपासका कुरा गरिरहनु हुन्छ । त्यहाँको बिकास निर्माणका लागि त्यहाँबाट नेताहरु भेट्न आउँछन र उहाँले आफुले सके जत्तिको पहल गर्दै आउनु भएको छ । आफ्नो गाउँको कुकुर त प्यारो हुन्छ भन्छन भने हाम्रा लागि  दजाकोट मात्रै होईन सिंङ्गो गुल्मी  र त्यस आसपास प्यारो नहुने त कुरै भएन । ’

यस बिषयमा तपाइको प्रतिक्रिया...!