नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप

Posted on: 06 Oct, 2018

असोज २०, सुर्खेत | विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपाली नेताहरु नागरिक अधिकारको लडाइँ लडेको भन्दै त्यसको ब्याज खान खोजीरहेको आरोप लगाएका छन् ।

शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नागरिक सम्बोधन तथा संगठन बिस्तार कार्यक्रममा बोल्दै संयोजक मिश्रलेपराम्परागत राजनीतिक दल र तीनका नेतृत्वका कारण देशको बिकास हुन नसकेको भन्दै मुलुकको समृद्धिका लागि विवेकशील साझा पार्टी जन्मिएको बताए । ‘नेपालीको नागरिक अधिकारका लागि लडेका नेताहरुप्रति म सम्मान गर्न चाहन्छु’ मिश्रले भने, ‘१४ बर्ष जेल बसेको भन्दै देश दोहन गर्ने प्रवृत्तीप्रति मेरो कडा आलोचना छ ।’ 

बिकासको प्रचुर सम्भावना बोकेको कर्णालीलाई गरिवीको चित्र देखाउने काम वर्तमान शासकहरुले गरेको दावी गरे । ‘कर्णाली आफैमा थुप्रै सम्भावनाको खानी हो’ मिश्रले भने, ‘नेताहरुले ब्याज खोजीरहेको मिश्रको आरोप 

 दशकौदेखि अपर कर्णाली र चौकुने सिमेन्ट कारखाना निर्माणको सपना देखाएर भोट माग्ने नेताहरु जनतालाई सपना मात्र देखाएको बताए । कर्णालीमा प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना, जडिबुटीले कर्णालीको बिकास गर्न सकिने भन्दै त्यसको लागि राजनीतिक नेतृत्व परिवर्तन जरुरी भएको बताए ।


विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य केशव दाहालले नेपाली काँग्रेसको प्रजातन्त्र र कम्प्युनिष्ट पार्टीको समाजवादको नारा लगाए पनि त्यसले गरिब जनतालाई सम्बोधन गर्न नसकेको बताए । ‘जसले नेताहरुलाई भोट हालेर सत्तामा पु¥याउँछन् ती गरिव जनताको चुल्होमा आगो बाल्ने अवस्था पनि नहुनु र चप्पल लगाउने नेताले चुनाव जिते पछि पजेडो चढ्नु र महलमा बस्नु यो कस्तो समाजवाद र प्रजातन्त्र हो ?’ उनले प्रश्न गरे । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!