वामदेवका लागि सांसद रामवीर मानन्धरद्वारा राजीनामाको घोषणा, तर सहज छैन जित

Posted on: 09 Oct, 2018

असोज २३, काठमाडौं । नेकपाका नेता तथा काठमाडौं क्षेत्र नं. ७ का प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले राजीनाको घोषणा गरेका छन् । 

मानन्धरले राजीनामा दिने घोषणा गरेसँगै नेता वामदेव गौतमका लागि बाटो खुलेको छ । उक्त क्षेत्रबाट उपचुनावमा बर्दिया १ बाट पराजित नेता गौतमलाई उठाउने तयारी छ । तर यहाँबात जित्न भने सहज नभएको स्वयम् नेकपाका नेताहरु बताउँछन् ।

यस अघि स्थानीय नेवार समुदायको उम्मेदवार भएकामा रामवीर मानन्धरको स्थिति बलियो थियो तर अहिले अवस्था त्यस्तो छैन । बिबिध कारण नेकपाप्रति जनता बिरोधि बन्दैछन् । त्यसमा पनि यस अघि समेत बामदेवलाई हराउन एमाले भित्रैका शक्ति लागेको बताइन्छ त्यसमा अहिले पनि उही अवस्था दोहोरिएमा पुन: बामदेव हार्न सक्ने अवस्था छ ।

मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलन गरी मानन्धरले पार्टी एकताका लागि महत्वपूर्ण भूमिका खेलेका वामदेव गौतम संसदमा हुनुपर्ने भन्दै आफूले सहज रुपमा देश विकास गर्न राजीनामा दिने बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!