कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित

Posted on: 10 Oct, 2018

असोज २४, काठमाडौं | नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक फेरि अनिश्चित बनेको छ। बिहीबारका लागि बोलाइएको बैठक बुधबार विज्ञप्ति सार्वजनिक गर्दै अनिश्चितकालका लागि स्थगित भएको हो। 

यसअघि गत शुक्रबार बस्ने भनिएको कांग्रेस बैठक सोमबारका लागि सरेको थियो। यद्यपी नेताबीचको कुराकानीपछि बैठक आइतबार नै भएको थियो। आइतबारको बैठकमा नेताबीच विवाद हुँदा बिहीबारका लागि बोलाइएको थियो। 

यसअघि भदौ २८ गते बस्ने भनिएको बैठक पनि नेताबीचको विवादले बिना सूचना अनिश्चितकालका लागि स्थगित भएको थियो।  कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!