पर्वतका स्थानीय तहमा पूर्व एमाले-माओवादीको हैसियत बराबर

Posted on: 12 Oct, 2018

पर्वत/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्वतले जिल्लाका सात वटै पालिकामा पार्टीका संयन्त्र गठन गरेको छ ।
नेकपा पर्वतको बिहीबार बसेको जिल्ला संयन्त्र बैठकले सबै पालिकामा संयन्त्र गठन गरेको हो ।

नेकपा गण्डकी प्रदेशका सह इन्र्चाज खगराज अधिकारी, अध्यक्ष हितराज पाण्डे र प्रदेश कमिटीका सचिब गोबिन्द नेपालीको उपस्थितिमा बसेको बैठकले सर्बसम्मत रुपमा संयन्त्र चयन गरेको नेकपा पर्वतले जनाएको छ । संयन्त्रमा साविक एमाले र साबिक माओबादी केन्द्रका नगरपालिका र गाउँपालिका कमिटीका इन्र्चाज तथा पदाधिकारीहरुलाई सदस्यको रुपमा राखिएको छ । संयोजक भने बरिष्ठ सदस्य मध्येबाट चयन गर्ने वा आलोपालो समेत गर्न सकिने ब्यबस्था गरिएको नेकपाका केन्द्रिय सदस्य गुप्तबहादुर हमालले जानकारी दिए ।

‘सर्बसम्मत रुपमा नगर र गाउँपालिकामा सयन्त्रका सदस्य चयन गरेका छौ’ उनले भने ‘संयन्त्रका सदस्यहरु मध्ये बरिष्ठ सदस्य संयोजक बन्ने र आलोपालो समेत गर्न सकिने निर्देशन दिएका छौ’

कुस्मा नगरपालिकामा नेकपाले गठन गरेको संयन्त्रमा साविक एमालेबाट याम गुरुङ्ग, बिष्णु नेवार, शान्त पौडेल र मिनप्रसाद श्रेष्ठ रहेका छन भने साविक माओबादी केन्द्रबाट शंकर गिरी, मिनराज केसी, राम अधिकारी र सिता परियार रहेका छन । फलेबास नगरपालिकाको संयन्त्रमा साविक एमालेबाट मञ्जु अधिकारी, पिताम्बर घिमिरे, बैकुण्ठ भुसाल र टिकाराम गौडेल रहेका छन भने साविक माओबादी केन्द्रबाट प्रेमबहादुर राना, शोभा क्षेत्री, कमल भुसाल र मेघलाल बिक रहेका छन ।

जलजला गाउँपालिकामा साविक एमालेबाट लालबहादुर अधिकारी, तुंगनाथ शर्मा, लोकनाथ रेग्मी संयन्त्र सदस्य रहेका छन भने साविक माओबादी केन्द्रबाट संयन्त्र सदस्यमा बाबुराम कार्की, दिपक आचार्य र दुर्गाबहादुर दर्जी रहेका छन । मोदी गाउँपालिकामा साविक एमालेबाट दाताराम चापागाई, सेती महत, दलबहादुर मल्ल तथा साविक माओबादी केन्द्रबाट मनबहादुर पौडेल, कृष्णबहादुर सुबेदी र गंगा तिमिल्सीना सदस्य रहेका छन ।

महासिला गाउँपालिकामा साविक एमालेबाट बिष्णुराम बिक, जीवन उचै ठकुरी र भक्तराज सुबेदी सदस्य छन भने साविक माओबादी केन्द्रबाट दुर्गाबहादुर तमु, पदमबहादुर क्षेत्री र क्षेत्रबहादुर क्षेत्री संयन्त्रमा सदस्य रहेका छन । पैंयु गाउँपालिका संयन्त्रमा साविक एमालेबाट उमाकान्त सुबेदी, रेशमलाल न्यौपाने र चोकलाल न्यौपाने सदस्य छन भने साविक माओबादी केन्द्रबाट जयनारायण तिवारी, पुण्यप्रसाद आचार्य र रेशमलाल सापकोटा सदस्य छन ।

बिहादी गाउँपालिाकामा गठित संयन्त्रमा साविक एमालेबाट लालबहादुर गुरुङ्ग, कमल भुसाल र शेरबहादुर थापा सदस्य छन भने साविक माओबादी केन्द्रबाट हरिप्रसाद पौडेल, ऋषिराम भुसाल, टेकबहादुर बस्याल र श सदस्य छन । अर्को ब्यबस्था नभए सम्म संयन्त्रका सदस्यले एकिकृत पार्टीको गतिबिधी सञ्चालन गर्ने भएका छन ।

नेकपाले तल्लो तहमा कमिटी एकिकरण गर्ने उद्देश्य सहित सबै नगर तथा गाउँपालिका संयन्त्रको बैठक बसी ६१ वटै वडामा संयन्त्र बनाउने निर्णय गरेको छ । पालिकाका संयन्त्र बैठकहरु शुक्रबार देखि शुरु भएर सोमबार सम्म सम्पन्न गरि सक्ने निर्णय भएको पत्रकार सम्मेलनमा केन्द्रिय सदस्य गुप्त हमालले जानकारी दिए । वडा संयन्त्र गठन गर्दा वडा इन्र्चाज, अध्यक्ष सहित पदाधिकारीहरुलाई सहभागी बनाएर साविक एमाले तथा माओबादी केन्द्रबाट दुई दुई जना सदस्इ रहने ब्यबस्था गर्न निर्देशन समेत दिएको छ ।

यसैगरी आजै बसेको सचिवालय बैठकले साविक एमालेको जिल्ला कार्यालयलाई नै एकिकृत पार्टीको जिल्ला कार्यालयको रुपमा सञ्चालन गर्ने तथा पार्टी जिल्ला कार्यालयको सचिबको जिम्मा शिबलाल सार्कीलाई दिने निर्णय समेत भएको छ ।

नेकपा पर्वतको जिल्ला संयन्त्रमा केन्द्रिय सदस्यहरु गुप्तबहादुर हमाल र गोबिन्द नेपाली तथा साविक एमालेबाट पदम गिरी, भक्त कुवँर, पदमपाणी शर्मा र गोबिन्द पहाडी तथा साविक माओबादी केन्द्रबाट गगन थापा, केशब कुवँर, सुदिप कुवँर र सन्तबहादुर गुरुङ्ग रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!