जन प्रतिनिधिलेनै डोटीको अपमान गरेः बलायर

Posted on: 13 Oct, 2018

असोज २७, डोटी | जिल्लाबाट निर्वाचित जन प्रतिनिधिले नै डोटीको अपमान गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्रि विर बहादुर बलायर बताउनु भएको छ । 

नेपाल स्वास्थकर्मि संघ डोटीको आयोजनामा राजपुरमा गरीएको बिजया दशमि तथा शुभ दिपावलिको शुभकामना अवसरमा गरीएको कार्यक्रममा वोल्दै  उहाले सो कुरा बताउनु भएको हो । 

७ नम्बर प्रदेशका मुख्य मन्त्रि त्रिलोचन भट्ट ,सांसद पुर्णा जोशि र राजधानि गोदावरी हुनु पर्ने भन्दै भोट गर्नु लाज मर्दो कुरा भएको बलायरले बताउनु भयो ।


प्रदेशको नामाकरण र राजधानिका वारेमा प्रदेश सरकाले गरेको निर्णय प्रति बलायरले खेद प्रकट समेत गरेका छन् । डोटीको अस्तीत्व जोगाउन अव सबैले सचेत र एक जुट हुनु पर्ने बेला आएको समेत उहाले बताउनु भयो ।

उक्त कार्यक्रममा केआईसिह गाउपालिकाका अध्यक्ष लोकेन्द्र शाहि, उपाध्यक्ष मिना विष्ट, नेपाल पे्रश युनियनका अध्यक्ष प्रकाश बम, वडा अध्यक्ष बिरेन्द्र शाह लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थकर्मि संघ अर्जुन बलायरले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!