कांग्रेस नेता बास्तोलाको अवस्था गम्भीर, घरमा कांग्रेसका नेता तथा कार्यकर्ताको भिड

Posted on: 13 Oct, 2018

असोज २७, काठमाडौं | लामो समयदेखि गम्भीर बिरामी रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको अवस्था थप गम्भीर बनेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार शनिबार दिउँसो न्यूरो अवस्ताल बाँसबारीले बास्कोटालाई घर फिर्ता पठाएको छ । शर्माका अनुसार चिकित्सकले अब बाच्ने सम्भावना कम रहेको बताएका छन् । ‘उहाँ अन्तिम अवस्थामा हुनुहुन्छ । फर्किएर आउने अवस्था न्युन छ । तर उहाँ हाम्रो माझ फर्किएर आउने सम्भावना अत्यन्तै न्युन छ ।’ 


अस्पतालबाट फिर्ता भएपछि बास्तोलालाई काठमाडौंको खुमलटारस्थित आफ्नै निवासमा राखिएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको भिड लागेको छ । 

६ वर्षयता ओछ्यान परेका बास्तोला पछिल्लो ६ महिनादेखि ‘सेन्सलेस’ नै थिए । जनआन्दोलनमा सक्रिय भूमिका निभाएका बास्तोला कांग्रेसमा बौद्धिक नेता मानिन्थे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!