काँग्रेस नेता बास्तोलताको निधन

Posted on: 14 Oct, 2018

असोज २८, काठमाडौँ (रासस) | लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । 

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो । 

विसं २०६९ पुस १४ गतेदेखि उहाँ मष्तिस्काघातबाट पीडित हुनुहुन्थ्यो । काँग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत हुनुहुन्थ्यो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!