पूर्व सांसद अर्जुन जोशीलाई साँची राखेर पदम गिरीले गरे यस्तो खुलासा (भिडियो सहित)

Posted on: 16 Oct, 2018

पर्वत ।  प्रतिनिधीसभाका सदस्य पदम गिरीले रकेटको गतिमा विकास हुने दाबी गरेका छन् । पूर्व सांसद तथा प्रतिनिधिसभाका प्रतिस्पर्धी अर्जुन प्रसाद जोशीलाई साँची राखेर उनले अब देशमा रकेटको गतिमा विकास हुने बताएका हुन् ।

दशैं, तिहार, छठको अवसरमा आयोजित चियापान तथा शुभकामना आदनप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । सो कार्यक्रममा सांसद लालकाजी गुरुङ, पूर्व सांसद अर्जुनप्रसाद जोशी लगायतको सहभागीता रहेको थियो । 

प्रतिपक्षका सांसद र पूर्व सांसदहरुलाई मंचमा राख्दै उनले विकासमा अब ओली सरकारले फड्को मार्ने दाबी गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको बजेटमै सरकार चलेका कारण कामहरु गर्न नपाएको तर आफ्नै सरकारले ल्याएको बजेट अनुसार काम तीब्र गतिमा हुने र देशमा रकेटको गतिमा विकास हुने उनले दाबी गरेका हुन् । 

‘सरकारले बजेट मार्फत संसारलाई चकित पार्ने गरि बिकासका पुर्वाधार तयार पारेको छ’ उनले भने ‘अबको दुई बर्षपछि कसैले कल्पना सम्म नगरेको बिकास गरेर देखाउँछ’ सरकारले असार सम्म अघिल्लो सरकारको बजेट कार्यान्वयन गरेका कारण आफुले केही नपाएको र आफ्नो बजेट सरकारले कार्यान्वयन गर्ने चरणमा रहेका कारण केही नभएको जस्तो भ्रम पार्न खोजिएको स्पष्टीकरण दिए ।

छिमेकीहरु संग सम्मानजनक सम्बन्ध स्थापित गरेकोे बताउँदै छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएकोले अब आफ्नो ढंगले काम गर्ने अवस्था सृजना भएको छ भने । ‘छिमेकीको हेपाहा प्रबृत्तिको अन्त्य भएको छ’उनले भने ‘चीन संग भएको समुन्द्र पार ब्यापारका लागि सम्झौताले बिकासको ढोका खुलेको छ.।

भिडियो 



यस बिषयमा तपाइको प्रतिक्रिया...!