५ वर्षे कार्यकाल भित्र केही न केही नयाँ कामहरु गरेरै छाड्छुः सांसद बोगटी

Posted on: 22 Oct, 2018

कमल रावल | कात्तिक ५ अछाम | अछाम क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य यज्ञ बहादुर बोगटीले आफ्नो ५ वर्षे कार्यकालमा केही न केही नयाँ कामहरु गर्ने पूर्व योजना अनुसार अघि बढिरहेको बताँउनुभएको छ । 

सोमबार रेडियो रामारोशनसंग संक्षीप्त कुराकानी गर्दै साँसद बोगटीले अछामका जनसरोकार, सार्वजनीक चासो र जनताको जनजीविकाका सवाललाई संघिय संसदमा जोडदार रुपमा उठान गरिरहेको बताँउनुभयो । यहाँको विकास, गरिबी र पछौटेपनलाई निरुत्साहित गर्नका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई झकझकाउने देखी सरकारको ध्याँनाकर्षण गराँउने र आवस्यक पहलकदमी गर्ने कार्यमा आफु ब्यस्त रहेको उहाँको भनाई छ । आफ्नो ५ वर्षे कार्यकाल भीत्र अछाममा देखीन लायक केही नयाँ कामहरु गर्ने अठोटका साथ अघि बढिरहेको साँसद बोगटीले बताँउनुभयो । 


जसका लागि २०२८ सालदेखी आवाज उठ्दै आएको मंगलसेन जंगलघाट चिसापानी सडक, कर्णाली करिडोरका रुपमा रहफ देखी कालेकाँडा हुदै चाईनाको हिल्सा नाका जोड्ने सडकलाई प्राथमिकता दिएर अघि बढिरहेको बताँउनुभयो । यस्तै, क्षेत्रनम्वर २ को कमलबजारमा सब स्टेशन राखेर अछाम बिद्युतीकरण गरि केन्द्रिय प्रशारण लाईन जोड्ने, शिक्षाको क्षेत्रमा आँगिक क्यापस बनाँउनका लागि पहल गर्ने र भौतीक संरचना निर्माणमा जोड दिएर आवाज उठाईरहेको उल्लेख गर्नुभयो । साँसद बोगटीले शैक्षीक सवाल, गरिबी, पछौटेपन लगायतका सन्र्दभमा आफुले सदनमा जोडदार रुपमा आवाज उठाएको उल्लेख गर्नुभयो । 

सदनमा अछामको बिभिन्न विकास निर्माणका सन्र्दभमा आवाज उठाउदा र सरकारको ध्याँनाकर्षण गराँउदा कामहरु अघि बढेको समेत उहाँले जानकारी गराँउनुभयो । ५ वर्ष भीत्र सरकारले लिएको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य पुरा गराँउनका लागि जनतासंग बाचा गरिएका कामहरु पुरा गराँउनका लागि आफु प्रयत्नशिल रहेको साँसद बोगटीले बताँउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!