गु्ल्मीमा प्रेट्रोलियम पदार्थमा मिसावट, कांग्रेजनको बिरोध

Posted on: 24 Oct, 2018

प्रेम सुनार | कार्तिक ७, बुटवल । दशै भित्रिए लगत्तै गुल्मीको सदरमुकाम तम्घासको एक आयल स्टोर्समा पेट्रोलियम पदार्थमा  मिसावट भएको भन्दै नेपाली कांग्रेसका भातृ संगठनहरुले विरोध जनाएका छन । तम्घास उदिनढुङ्गाको दिपक बोहरा आयल स्टोर्समा पेट्रोलमा डिजल   मिसावट गरी विक्री वितरण गर्दा उपभोक्ताहरुका सवारी साधानको ईन्जिनमा समस्या सिर्जमा भएको कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संगले निकालेको विज्ञप्तीमा उल्लेख छ ।

तरुण दल अध्यक्ष भरत भलामी र नेवि संघका कार्यवाहक अध्यक्ष झबिन्द्र पाण्डेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ –‘ चाड पर्वको मौका छोपी महँङ्गी र मिसावट गरी कालो वजारी गर्नेहरुलाई तत्काल कानुनी दायरामा ल्याई प्रशासनबाट ठोस कदम चाल्न आग्रह गर्दछौं ।

आजै  ती दुई संगठन प्रमुख जिल्ला अधिकारी यदुनाथ ज्ञवाली समक्ष ज्ञापन पत्र बुझाई  उक्त स्टोर्सलाई  प्रशासनले कार्बाही नगरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन ।  सर्वसाधरण सवारी साधन उपभोक्ताहरुले समेत उक्त स्टोर्समा मिसावट भएको पेट्रोल राख्दा ईन्जिनमा समस्या आएको गु्नासो गर्दै आएका छन । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!