कर्णालीको विकासमा एक हौं: वनमन्त्री

Posted on: 27 Oct, 2018

कार्तिक ९, सुर्खेत । कर्णालीको गाथा गाएर समृद्ध कर्णाली निर्माण नहुने भएकाले विकासमा एकमत हुन वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले आग्रह गरेका छन् । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बस्नेतले अपार सम्भावना खानी कर्णालीको स्वरुप बदल्न सबै लाग्न आग्रह गरेका हुन् ।

विगतझैँ कर्णालीको तस्वीर र गाथाले मात्रै कर्णालीका जनताले विकासको अनुभूत गर्न सक्दैनन्’ मन्त्री बस्नेतले भने, ‘अब आगनमै सिंहदरवार आएकाले यहाँका जनताको जीवनस्तर उकास्न र विकासमा फड्को मार्नमा सबै सरिक हुनहोस् ।’

नयाँ संरचनाका कारण सरकार गठन भएको लामो समयसम्म नतिजामुखी परिणाम नदेखिएको वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले बताउनु भएको छ । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुरा मन्त्री बस्नेतले नयाँ सरकारले नयाँ संरचना बनाएर काम गर्नु पर्ने भएकाले अपेक्षाकृत नतिजा नआएको स्पष्ट पार्नु भएको हो । जनताले देखिने काम हेर्न चाहेकाले संघ र प्रदेशविचको अन्तरलाई चिरफार गरे विकासमा एकवद्ध हुन आफू कटिवद्ध रहेको उनको तर्क थियो । मन्त्री बस्नतेले यहीँ सरकारले देशको विकासमा फड्को मार्ने काम गर्ने दावी गरे ।

विगतका सरकार झैँ बनेको संरचनामा काम गर्न नमिल्ने भएकाले सबै संरचनाहरु नयाँ बनाएर मात्रै अघि बढ्दा परिणाममुखी नतिजा नआएको उनको भनाई थियो । एक वर्षको अवधिमा नयाँ आधार, नयाँ कानुन, नयाँ संरचना लगायतका विविध अल्झनहरु सरकारले पूरा गरेकाले अब जनताले अनुभूत र देखिने काम गर्नमा सरकार लागेको उल्लेख गरे ।

मन्त्री बस्नेतले संघ र प्रदेश सरकारविच केही समस्या देखिएको सत्य भएको बताउँदै उनले ति समस्याहरु अन्त्य गर्न केन्द्र सरकार लागेको जानकारी दिए । संघ, प्रदेश र स्थानीय सरकारले काम गर्ने वातावरण मिलाउन केन्द्र सरकार लागि परेको उनले बताए । मन्त्री बस्नेतले केन्द्रले प्रदेशलाई अधिकार प्रत्योजन गर्न नचाहेको आरोप सही नभएको टिप्पणी गरे । उनले भन्नुभयो, ‘सबैजसो मन्त्रालयले प्रदेश सरकारलाई आफ्ना संरचना हस्तान्तरण गरिसकेका र केहीका कानुनी जटिलताका कारण मात्र बाँकी रहेका छन्, ती पनि छिटै हस्तान्तरण हुन्छन् ।’ एक फरक प्रसंगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रहेका मन्त्री बस्नेतले पार्टीको कर्णाली प्रदेश संसदीय दलको नेतृत्व पार्टीले विधि–प्रक्रियाभित्रै रहेर टुंग्याउने धारणा राखे |

यस बिषयमा तपाइको प्रतिक्रिया...!