नेकपा गुल्मीको वडा स्तरसम्म नेतृत्व तोक्ने काम सकियो

Posted on: 30 Oct, 2018

प्रेम सुनार । कार्तिक १३, बुटवल । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) गुल्मी जिल्ला कमिटी अन्तरगत प्राय सबै वडा कमिटी सम्मका नेतृत्व चयन गर्ने कार्य लगभग पुरा भएको सो पार्टीले जनाएको छ । अर्को ब्यवस्था नभए सम्मका लागि भन्दै पुर्व एमाले पुर्व माओवादीबाट एक एक जना गाउँपालिका स्तर र वडा कमिटी स्तरो संयोजक चयन गर्ने काम लगभग सकिनै लागेको गुल्मीका प्रस्तावित जिल्ला पार्टी अध्यक्ष बालसिंह काउछाले जानकारी दिए ।

उनका अनुसार प्रत्येक वडाका ती दुबै संयोजकहरुले पछि  भेला आयोजना देखि पार्टी कमिटी सञ्चालन गर्ने छन । काउछाले जिल्ला कमिटी गठन पश्चात मात्रै गाउँ कमिटी र वडा  कमिटी गठनको प्रकृया सुरु हुने बताए ।  प्रस्तावित पार्टी सचिव बुद्धि जिसीले कार्यदलले विभिन्न चरणमा बैठक बसी जिल्लामा केन्द्र र प्रदेश कमिटीको सर्कुलर अनुसार काम अघि बढेको बताए ।

उनले भने–‘पार्टी एकताको भाव कार्यकर्ता स्तर सम्म पुराउन तत्काललाई पुर्व दुबै पार्टीका नेतृत्वहरुलाई संयोजक बनाईएको हो, । पछि केन्द्रको जस्तो नीति बन्छ त्यही अनुसार अगाडी बढिने छ । ’

संयोजक तोक्न बाँकी मध्येको मालिका गाउँपालिकामा आज  पुर्व एमालेबाट रितबहादुर थापा र पुर्व माओवादीबाट देविराम अर्यालको अध्यक्षतामा गाउ कमिटी स्तरका पदाधिकारीको बैठक बसी सो गाउँपालिका अन्तरगतका ८ वटै वडामा संयोजक तोक्ने काम भएको सो पार्टीका विद्यार्थी नेता शोभाखर गिरीले जानकारी दिए ।

उनका अनुसार वडा नम्वर १ नेटामा पुर्व एमालेबाट ढालबहादुर बोहरा र पुर्व माओवादीबाट महेन्द्र बिक संयुक्त पार्टीको संयोजक तोकिएका छन ।  वडा नम्वर २ दर्लिङ्गमा पुर्व एमालेबाट पोमबहादुर बुढा र पुर्व माओवादीबाट भुपालसिंह खत्री संयोजक तोकिएका छन । वडा नम्वर ३ ह्वाङ्गदीमा पुर्व माओवादीबाट तुलबहाुर बिक र पुर्व एमालेबाट लालबहादुर थापा संयोजक चयन भएका छन ।  वडा नम्वर ४ अर्खबाङ्गमा पुर्व एमालेबाट रामप्रसाद अर्याल र पुर्व माओवादीबाट तनबहादुर नेपाली संयोजक तोकिएका छन ।

वडा नम्वर ५ छापाहिलेबाट पुर्व एमालेका रुकबहादुर गिरी पुर्व माओवादीका थानेश्वर अर्यालय संयोजक भएका छन । वडा नम्वर ६ अर्जैबाट पुर्व माओवादीा घनश्याम पराजुली र पुर्व एमालेका ढालबहादुर बिष्ट संयोजक चयन भएका छन । वडा नम्वर ७ घमिरबाट पुर्व माओवादीका ज्ञानराज लम्साल र पुर्व एमालेका बलबहाहदुर कार्की संयोजक तोकिएका छन ।

वडा नम्वर ८ मरभुङ्गबाट पुर्व माओवादीका सुर्यबहादुर जिसी र पुर्व एमालेका तुल्सी अर्याल संयोजक भएका छन । उनिहरुले नेकपाका नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टको अब छिट्टै हुन गई रहेको घर दलै कार्यक्रमको ब्यवस्थापन र कार्यकर्ता परिचालनको जिम्मेवारी दिएको मालिका गाउँ कमिटी  संयोजक देविराम अर्यालले बताए ।

मालिका गाउँपालिका अध्यक्ष समेत रहेका अर्का संयोजक रितबहादुर थापाले उक्त गाउँपालिका पहिल्लै देखि कम्युनिष्टहरुको बाहुल्य रहेको भन्दै  अरु थप सशक्त पार्टी बनाएर अगाडी बढिने बिश्वास ब्यक्त गर्दछन ।  गुल्मी जिल्ला पार्टीको कार्यदलमा मधुकृष्ण पन्त , बिरबहादुर कार्की , बालसिंह काउछा र बुद्धि जिसी रहेका छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!