दुइराप्रपाबीच एकताको प्रक्रिया शुरु

Posted on: 06 Nov, 2018

कात्तिक २०, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । 

केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष राणालाई दिएअनुसार महाराजगञ्जस्थित अध्यक्ष राणाको निवासमा छलफल भएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

वैचारिक दृष्टिकोणमा हिन्दू राष्ट्र कायम गर्ने, राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा जनताको चाहनाका साथै दुवै दलका नेता तथा कार्यकर्ताको भावनालाई बुझेर निर्णय लिने सहमति भएको छ । पछिल्लो पटक मुलुकमा भइरहेको राजनीतिक घटनाक्रमका बारे समीक्षा भएको छलफलमा एकताका लागि विधि र प्रक्रियाका बारे पनि सामान्य कुरा भएको छ । 

केही दिनअघि डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) र राप्रपा (प्र) का अध्यक्ष राणाबीच पार्टी एकताबद्ध गर्ने विषयमा कुरा भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!