प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुक्त

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौँ | प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । 

भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उनीहरु नियुक्त भएको जानकारी दिए।

हरेक साता सञ्चार भेटघाट गरिने

यसैबीच सरकारका विभिन्न निर्णय, कामका समीक्षाका बारेमा हरेक साता सञ्चारकर्मीसँग नियमित अन्तक्रिया गर्ने तयारी भएको छ।

प्रेस सल्लाहकार डा. अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णयलगायत अन्य कामका विषयमा सरकारका प्रवक्ता र पत्रकारबीच अन्तक्रिया हुनेगरी तयारी भएको जानकारी दिए। उक्त अन्तक्रिया सम्भवतः हरेक बिहीबार हुनेछ।

'सरकारले निर्णय लुकाउन खोजेको भन्ने होइन, कसरी व्यवस्थित र प्रभावकारीरुपमा प्रवाह गर्न सकिन्छ भन्ने सोचेको हो,' उनले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!