रिक्त राजदूतमा पदपूर्ति हुँदै, को-को परे सिफारिसमा ?

Posted on: 12 Nov, 2018

कातिक २६, काठमाडौं । नेपाल सरकारले रिक्त राजदूतमा चाँडै पदपूर्ति गर्ने भएको छ । 

मन्त्रिपरिषद्को आइतबारको बैठकले छिमेकी भारतलगायत तीन मुलुकका लागि राजदूत सिफारिस गरेको छ भने अन्य रिक्त राजदूतको पनि चाँडै सिफारिस गरिने परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले जनाएका छन् । सिफारिस भएका नामबारे संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ गर्नेछ । 

मन्त्रिपरिषद्को बैठकले भारतका लागि नेपाली राजदूतमा कानुनविद् तथा बुद्धिजीवी नीलाम्बर आचार्य, मलेसियाका लागि पूर्वराजदूत उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिश गर्ने निर्णय गरेको थाहा भएको छ ।

तीन राजदूत नियुक्तिसँगै अब संयुक्त राष्ट्र संघको स्थायी नियोगका आवासीय प्रनितिधि (राजदूत) को सिफारिस हुन बाँकी छ भने केही समयपछि छ मुलुकका राजदूत पद रिक्त हुनेछन् । बाँकी राजदूत नियुक्तिका योग्यता पुगेकाहरुको बारेमा अहिले बाहिरी रुपमा चर्चा चलिसकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!