मन्त्री सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित, यस्तो रहेछ कारण

Posted on: 14 Nov, 2018

कात्तिक २८, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत निष्कासित गरेको छ ।

एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको प्रदेश कमिटिले जानकारी दिएको छ ।

सोडारीले मन्त्री रहँदा महिलासँग अनैतिक सम्बन्ध राखेको, आफ्ना नजिकका मान्छेहरुलाई मन्त्रालयको काम दिएको, अपराधिक गतिविधिमा पक्राउ परेकाहरुलाई छुटाउन दवाव दिने जस्ता कार्य गरेकोले हटाइएको नेकपा प्रदेश कमिटीका एकजना सदस्यले बताए ।

मंगलबार नै सामाजिक विकासमन्त्री पदबाट बर्खास्त गरिएका सोडारीका स्थानमा कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरिसकेको छ ।

सुवेदी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!