सरकारको ९ महिने कार्यकाल गफैमा बित्यो: नेता केसी

Posted on: 24 Nov, 2018

मङ्सिर ८, बुटवल | नेपाली काङ्ग्रेसका प्रभावशालि नेता अर्जुननरसिंह केसिले सरकारको ९ महिने कार्यकालको समीक्षा गर्दै ९ महिना गफमै बितेको बताए । प्रेस युनियन रुपन्देहीद्वारा वुटवलमा आयोजित पत्रकार सम्मेलनमा मनतव्य राख्दै उनले सो कुरा बताएका हुन् | 


चुनावका बेला बाँडेको आश्वासन पूरा गर्ने तर्फ नलागी सरकार जनहित विपरीत हिँडेको समेत नेता केसीको आरोप छ । ‘लोकतन्त्रको जामा पहिरे पनि सरकारको यात्रा निरंकुशतातर्फ मोडिएको छ, केसीले सरकारबारे कडा टिप्पणी गर्दै भने ।‘ओली नेतृत्वमा सरकार गठन भएको नौ महिनामा जनताले केही पाएका छैनन्’, केसीले भने, ‘चुनावमा बाँडेको झुटको खेतीले ओली सरकार आफैं जनता सामु झुक्न थालेको छ ।’ केसीले लोकतन्त्रको जामा पहिरेर निरंकुशताको बाटोमा सरकार अघि बढेको भन्दै असन्तुष्टि समेत प्रकट गरे ।

पार्टी सभापति शेरबहादुर देउवाले हुकुमी शैलीमा पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाएका छन् । पार्टी नेतृत्व व्यक्तिमुखी नभएर संस्थामुखी भएको भन्दै उनले त्यो मान्य नहुने बताए । सामुहिक नेतृत्वमा चल्नुपर्ने पार्टी व्यक्तिमुखी हुँदा सबैतिर भद्रगोल भएको भन्दै उनले कार्यशैली सच्याउन देउवालाई आग्रह गरे । पार्टीनिकट नेपाल विद्यार्थी संघमा संकट देखिरहेका बेला उनले त्यसलाई देउवा शैलीकै उपज भएको बताए । उहाले पार्टी नेतृत्वसगं नजिक रहेका झुन्डहरुकाे गलत सल्लाह र सुचना प्रवाहले समग्र भातृ सगंठनमा समेत कमजाेरि भएकाे नेबिसघंका नेता निरन्जन थापाले बताउनुभयाे । 

नेता केसिले संस्थागत संरचनाको नयाँ युगमा पार्टी प्रवेश गरेकाले एकपटकको हारले कांग्रेसको योगदान, आदर्श र इतिहास नसकिने उनले दाबी गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!