न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्छ: प्रधानमन्त्री

Posted on: 01 Dec, 2018

मङ्सिर १५, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय, शान्ति, समानता, विकास र सम्वृद्धिको पक्षमा हातेमालो गर्नुपर्ने बताएका छन् । 

शनिबार काठमाण्डौमा सुरु एशिया प्रशान्त शिखर सम्मेलन २०१८ को उद्घाटनलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले गरिबी, अशिक्षा, जलवायु परिर्वतन तथा स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि एशियाली मुल्य र मान्यताका साथ सहकार्य बढाउन सहभागी राष्ट्र प्रमुखहरुलाई आव्हान गरे । 

जलवायु परिर्वतन विकास र मानवीय अस्तित्वका लागि नै चुनौतिको विषय भएकाले हिमालहरु पग्लने क्रम रोक्ने उपायबारे पनि सोच्नुपर्ने बताए । 

संविधान निर्माण र संघीय निर्वाचन पछि मुलुक विकास र सम्वृद्धिको बाटोमा अघि बढेको भन्दै उनले नेपालको शान्ति प्रक्रियाबाट विश्वले नै पाठ सिक्नुपर्ने बताए । 

सम्मेलनमा आधादर्जन मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुको सहभागीता रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!