प्युठानबाट नेकपा प्रदेश-५ कमिटिमा ९ जना परे (नामावली सहित)

Posted on: 03 Dec, 2018

मङ्सिर १७, प्युठान | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् । 

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्यको नामावलीलाई अन्तिम रुप दिएको थियो । नेकपाले यसअघि नै प्रदेश कमिटीका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाइसकेको छ । 

प्रदेश नं ५ को कमिटी २०३ सदस्य बन्ने भएको छ । त्यसमा तत्कालीन एमालेका १०६ र माओवादी केन्द्रका ९७ सदस्य छन् । 

प्युठान जिल्लाबाट प्रदेश ५ को कमिटिमा को-को परे ? 

साविक एमालेबाट को-को परे ? 

१. तुल्सीराम शर्मा प्यूठान सदस्य – प्रदेश संगठन कमिटी

२. धनबहादुर रायमाझी प्यूठान सदस्य – प्रदेश संगठन कमिटी

३. कमला रिजाल प्यूठान सदस्य – प्रदेश संगठन कमिटी

४. हरिप्रसाद रिजाल प्यूठान सदस्य – प्रदेश संगठन कमिटी

५. शान्ता आचार्य प्यूठान सदस्य – अञ्चल समन्य कमिटी

६. विजयविराज विष्ट प्यूठान सचिवालय सदस्य – जिल्ला कमिटी

साविक माओवादी केन्द्रबाट ३ जना 

१. पितबहादुर एम. सी. प्यूठान नेकपा (माओवादी केन्द्र)

२. नारायण प्रसाद अधिकारी प्यूठान नेकपा (माओवादी केन्द्र)

३. कृष्ण अधिकारी प्यूठान नेकपा (माओवादी केन्द्र)

यस बिषयमा तपाइको प्रतिक्रिया...!