राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ : प्रम ओली

Posted on: 16 Dec, 2018

पुष १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सही बाटोमा हिडिरहेको बताउनुभएको छ । पूर्व नेकपा (एमाले) निकट प्रगतिशिल तथा पेशागत कानुन व्यावशायी महासंघ (पिपिएलए) र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवाशायी संघ(आरपिएलए)को एकिकरणलाई  आज  पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

 प्रधानमन्त्री ओलीले सफलता तर्फ अघि बढीरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको बताउनुभएको छ । “हामी अहिले असाधरण सफलताको विन्दुमा छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यो सफलताको विरुद्ध भयानाक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ । ”

कम्यूनिष्ट पार्टीले बहुमत जनताको अभिमतबाट,बहुमत प्रतिनिधीले अनुमोदन गरेर बनाएको सरकारलाई केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो ।  “प्रचार युद्धमा गणतन्त्रका धरोहरहरुलाई आक्रमण गरिएको छ । राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।”

 गणतन्त्र विरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको प्रधानमन्त्री ओलीको भनाइ छ । “जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तवसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भिड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कम्यूनिष्ट आन्दोलन ,नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरुले यो कुरा हेक्का राख्नु पर्दछ ।”

दुई संगठनको एकिकरणबाट नेपाल कानुन व्यावशायी संगठन (एनएलए) को गठन गरिएको छ । संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणी पोख्रेल सहित ४५ सदस्यीय समिती  चयन  भएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!