कांग्रेसमा ९ जना पदाधिकारी !

Posted on: 16 Dec, 2018

पुष १, काठमाडौं । नेपाली कांग्रेसमा सभापतिसहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन ।

महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर खड्कासहितका नेताहरुले विधानका विवादित विषयमा सहमतिको प्रयास जारी राखेको छ । 

स्रोतका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २/२ जना राख्न नेताहरु सहमत भएका छन् । सभापतिसँगै कोषाध्यक्ष र प्रवक्ता भने एकएक मात्र रहनेछन् । तर, निर्वाचन पद्धतीमा सहमति जुट्न बाँकी छ । 

भोलि विहान ९ बजे बस्ने केन्द्रीय कार्यसमितिको बैठक अगाडि सहमति जुट्ने नेताहरुको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!