नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा भरतमणि भट्टराई निर्बाचित

Posted on: 26 Dec, 2018

पुष–११, सन्धिखर्क | नेपाल विद्यार्थी संघ अर्घाखाँचीको अध्यक्षमा भरतमणि भट्टराई निर्बाचित हुनुभएको छ । बिपि स्मृति भवन सन्धिखर्कमा सम्पन्न १३ औ जिल्ला अधिबेशनमा अध्यक्षको निम्ती भएको निर्बाचनमा १ सय ६६ मत सहित भट्टराई  विजयी हुनुभएको हो । 

यस्तै उहांका प्रतिद्धन्दी कृष्ण भुसालले १ सय ५  मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा खसेको कुल मत २ सय ८२ मध्ये ११ मत बदर भएको निर्वाचन मण्डलका संयोजक पिताम्बर खनालले जानकारी दिनु भएको छ । पुष ९ गते देखी सुरु भइ पुष १० गते सकिएको अधिवेशनबाट सचिवमा नविन पौडेल र कोषाध्यक्षमा कुसुम थापा भने सर्वसहमत चयन हुनु भएको नेविसंघ अर्घाखाँचीले जनाएको छ ।

कार्य समितिका अन्य पदाधिकारीको आज बस्ने बिशेष बैठकले चयन गर्ने निर्बाचन मन्डलले जनाएको छ । अधिवेशनको नेविसंघका केन्द्रिय अध्यक्ष नैनसिंह महरले उद्घाटन गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!