संसद बैठक आज बस्दै

Posted on: 09 Jan, 2019

पुस २५, काठमाडौं । आइतबार स्थगित प्रतिनिधिसभा बैठक आज पुनः बस्दैछ ।

बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ | आजको बैठक चल्न दिने नदिने सभामुखको व्यवहारमा भरपर्ने काँग्रेसले जनाएको छ ।

गत आइतबार प्रधानमन्त्रीले दिएको वक्तव्यमा प्रश्न सोध्न खोज्दा सभामुख कृष्णबहादुर महराले अनुमति नदिएपछि काँग्रेसले सदन अवरुद्ध गरेको थियो । 

आजको बैठकमा संसद् सचिवालयले केही विधेयक पेश गर्नेगरी बैठकको कार्यसूची सार्वजनिक गरेको छ । 

सचिवालयका अनुसार बैठकमा गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पेश गर्नेछन् भने कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले नेपालको संविधान अनुकुल बनाउन केही नेपाल ऐन संशोधन गर्ने विधेयक र प्रशासकीय अदालत विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!