माओवादी केन्द्रद्वारा आठौँ महाधिवेशनको प्रचार प्रसार सुरु

Posted on: 09 Jan, 2019

पुष २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रले आफ्नो आठौँ महाधिवेशनको प्रचार प्रसार सुरु गरेको छ | नेकपा माओवादी केन्द्र आठौँ महाधिवेशन प्रचार प्रसार समिति तथा जन सहयोग अभियान उद्घाटन कार्यक्रम अन्तर्गत बुधबार बिहान काठमाडौँको त्रिचन्द्र क्याम्पसमा सरसफाई कार्यक्रम आयोजना गरेको हो | 


कार्यक्रममा केन्द्रका उपाध्यक्ष तिलक थापा मगर सहित नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो | नेकपा (माओवादी केन्द्र) ले मङ्सिर २८ र २९ गते राजधानीमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट निर्णय भए अनुरुप आगामी फागुन १ गते ‘जनयुद्ध’ दिवसका अवसरमा पार्टीको आठौँ महाधिवेशन गर्ने घोषणा गरेको थियो । उक्त महाधिवेशनको तयारीको लागि माओवादी केन्द्रले सातै प्रदेशमा भेला समेत गरिसकेको छ | 

आठौँ महाधिवेशनको प्रचार प्रसार तथा जन सहयोग अभियान अन्तर्गत सरसफाई लगायत बिभिन्न कार्यक्रम गरिने माओवादी केन्द्रले जनाएको छ | 


यस बिषयमा तपाइको प्रतिक्रिया...!