मृत्यु संस्कारमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

Posted on: 10 Jan, 2019

पुस २६, घोराही | प्रदेश नम्बर ५ का मुका मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताउनुभएको छ । 

परम्परागत संस्कारका रुपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको  हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनु पर्ने देखिएको बताउनुभएको छ । 

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उहाँको सुझाव छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ औँ दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जलि सभामा बोल्दै उहाँले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राख्नुभयो । 

उहाँले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताउनुभयो । समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उहाँको भनाइ थियो । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!