हिन्दुराष्ट्र पुनस्र्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हु

Posted on: 16 Jan, 2019

माघ २, मकवानपुर । राप्रपाको हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण महाअभियान अन्तर्गत यहि माघ ७ र ८ गते हेटौडामा घरदैलो कार्यक्रम हुने भएको छ। राप्रपा मकवानपुरको आज बसेको अकस्मिक बैठकले ७ र ८ गते हुने घरदैलो कार्यक्रमलाई सफल बनाउन तत्काल तयारी थाल्ने निर्णय गर्नुका साथै हिन्दुराष्ट्र पुनस्थापना महाअभियानलाई सफल बनाउन जनसमुदाय साथै धार्मिक संघसस्थाका, धार्मिक ब्याक्तित्वहरुलाई आह्वान पनि गरेको छ। 

राप्रपाले मकवानपुर सहित मुलुक भर हिन्दु राष्ट्रका पक्षधरहरु जम्मा गरि वृहत सभा गर्दै छ।  राप्रपाले हिन्दुराष्ट्रका लागि जनसंघर्ष गर्न विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम गरिरहेको छ र  स्थानीय तहमा जनसंघर्षका लागि संगठन बनाउने काम पनि तिब्र बनाएको छ।  माघ ७ र ८ गते हेटौंडामा हुने हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण घरदैलो कार्यक्रममा केन्द्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यता रहने राप्रपा मकवानपुरले बताएको छ।   जनसंघर्षमा कुनै धर्म, पार्टीको विरोध नभई हिन्दु राष्ट्र पुनर्स्थापनासँगै देशमा रहेको विकृति अन्त्यका लागि हुने राप्रपाको भनाई छ।  धर्म परिवर्तनले राष्ट्रिय पहिचान मेटिन थालेको भन्दै जनसंघर्षबाट हिन्दु राष्ट्रको पुनस्थापना गरेरै छाड्ने पार्टीको लक्ष्य छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!