राष्ट्रियसभाको दोस्रो बैठक पनि अवरुद्ध

Posted on: 21 Jan, 2019

माघ ७, काठमाडौँ | राष्ट्रियसभाको आजको दोस्रो बैठकसमेत प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले अवरुद्ध गरेको छ । 

आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै राष्ट्रियसभाको पहिलो बैठक अवरुद्ध गरेको काङ्ग्रेसले दोस्रो बैठकमा समेत अवरोध जारी राखेको हो । 

दोस्रो बैठक शुरु हुने बित्तिकै काङ्ग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उहाँहरुलाई आशन ग्रहण गर्न पटकपटक आग्रह गर्नुभयो । अध्यक्षको आग्रहलाई काङ्ग्रेसका सांसदले अस्वीकार गरेपछि अध्यक्ष तिमिल्सिनाले अर्को बैठक यही माघ १४ गते ११ बजेसम्मका लागि स्थगित गरिएको घोषणा गर्नुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!